8 months ago
September 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – संकटा क्लब र चन्द्रपुर नगरपालीकाले एन्फा महिला लिगमा बराबरी खेलेका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल गोलरहित बराबरीमा टुंगिएको हो । पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग पराजित संकटाले पहिलो अंक जोडेको छ । चन्द्रपुर पहिलो खेलमा कर्णाली प्रदेशसँग बराबरीमा रोकिएको थियो ।
आज नै हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र सुदुरपश्चिम प्रदेशबीच खेल हुनेछ । एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा नेपाल एपिएफ क्लबसँग पुलिस बराबरीमा रोकिदा सुदरपश्चिम बागमती युथ क्लबसँग पराजित भएको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ ।
April 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला टोलीका लागि पहिलो पटक प्रो-लाइसेन्स प्रशिक्षक नियुक्त गर्ने भएको छ । एन्फाले सोमवार सूचना प्रकाशित गर्दै प्रो लाइसेन्स प्राप्त प्रशिक्षकको आवेदन खुला गरेको हो। प्रो लाइसेन्ससँगैउमेर समूह वा राष्ट्रिय टोली सम्हालिसकेको अनुभव हुनुपर्ने सर्त राखिएको छ। कम्तिमा दुई वर्षको प्रशिक्षण अनुभव भएको हुनुपर्ने पनि […]
April 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा श्री कुमारी क्लब छैटौं स्थानमा उक्लिएको छ। आज टुसाल युथ क्लबलाई श्री कुमारीले २-१ गोल अन्तरले हरायो। एन्फा कम्प्लेक्समा भएको खेलको खेलको ११ औं मिनेटमा श्री कुमारीले अग्रता बनायो। निशान्त प्रधानले ११ औं मिनेटमा गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ७६ औं मिनेटमा विनोद […]
April 21, 2025
एजेन्सी – फेडेरिको भाल्भेर्देले इन्ज्युरी समयमा गोल गरेपछि एथलेटिक क्लबलाई १-० ले हराउँदै रियल म्याड्रिडले ला लिगा उपाधि होडलाई जोगाइराखेको छ। इन्ज्युरी समयको तेस्रो मिनेटमा भाल्भेर्देले आफ्नो बाँया हाफ-भली मार्फत गोल गर्दै टोलीलाई जित दिलाए ।यो उनको जारी सिजनको छैटौं लिग गोल हो । डिसेम्बर सेभियाविरुद्ध गोल गरेपछि उनले पहिलो पटक गोल गरेका हुन्। रियल […]