default_image

1 year ago

September 7, 2024

हालान्ड नचल्दा नर्वे रोकियो

211 views

0 Bookmark

एजेन्सी – एर्लिङ हालान्ड चल्न नसक्दा काजकिस्तानले शुक्रबार नेसन्स लिगमा नर्वेलाई बराबरीमा रोक्न सफल भएको छ ।

काजकिस्तानले नर्वेलाई गोलरहित बराबरीमा रोकेको हो । काजकिस्तानको घरेलु मैदानमा खेल नर्वेले नियन्त्रणमा राखे पनि गोल भने गर्न सकेन ।

इङ्ग्लिस प्रिमियर लिगमा लगातार २ खेलमा ह्याट्रिक गरेका स्ट्राइकर हालान्ड गोलविहीन बन्दा नर्वे बराबरीमा रोकिन पुग्यो ।

शुक्रवार भएको अन्य खेलमा बेलारुस र बुल्गेरिया बराबरीमा रोकिदा लिथुवानिया साईप्रससँग १-० ले‌ पराजित भयो ।

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

December 11, 2025

म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

Success

Thank you for your time.