default_image

1 year ago

September 7, 2024

हालान्ड नचल्दा नर्वे रोकियो

216 views

0 Bookmark

एजेन्सी – एर्लिङ हालान्ड चल्न नसक्दा काजकिस्तानले शुक्रबार नेसन्स लिगमा नर्वेलाई बराबरीमा रोक्न सफल भएको छ ।

काजकिस्तानले नर्वेलाई गोलरहित बराबरीमा रोकेको हो । काजकिस्तानको घरेलु मैदानमा खेल नर्वेले नियन्त्रणमा राखे पनि गोल भने गर्न सकेन ।

इङ्ग्लिस प्रिमियर लिगमा लगातार २ खेलमा ह्याट्रिक गरेका स्ट्राइकर हालान्ड गोलविहीन बन्दा नर्वे बराबरीमा रोकिन पुग्यो ।

शुक्रवार भएको अन्य खेलमा बेलारुस र बुल्गेरिया बराबरीमा रोकिदा लिथुवानिया साईप्रससँग १-० ले‌ पराजित भयो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.