1 year ago
September 7, 2024
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो ।
खेलको सुरुवातमा आर्मीले खेलमा दबाब बनाएपनि गोलको खाता भने एपिएफले खोलेको थियो। पहिलो हाफको इन्ज्युरी समयमा सविताले गोल गर्दै एपिएफलाई अघि बढाइन् ।
विमलाले ५६औं मिनेटमा बराबरी गोल फर्काइन् । ६७औं मिनेटमा गीताले पेनाल्टीमार्फत गरेको गोल खेलको निर्णायक बन्यो । वान भर्सेस वानमा आर्मीकी गोलकिपर अन्जना राना मगरले पेनाल्टी बक्समा अनिता केसीलाई लडाएपछि एपिएफले पेनाल्टी पाएको थियो।
आर्मीका सहायक प्रशिक्षक टेकबहादुर बुढाथोकीले पहिलो हाफमा पाएको मौका गुमाउँदा खेल गुमाउनु परेको बताए ।एपिएफका प्रशिक्षक जिवेश पाण्डेले विस्तारै टोली सेट हुँदै गएको बताए ।
दोस्रो खेलमा पहिलो जितपछि एपिएफ ४ अंकसहित दोश्रो स्थानमा छ। पहिलो खेलमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
आर्मीले दोस्रो खेलमा पहिलो हार बेहोरेको छ । पहिलो खेलमा आर्मीले संकटा क्लबलाई पराजित गरेको थियो । ६ अंका साथ कोशी प्रदेश अंक तालिकाको शीर्ष स्थानमा छ।
यो खेलसॅंगै प्रतियोगिताको दोस्रो राउन्डको समाप्ती भएको छ । दोस्रो राउन्डका खेलमा एपिएफ, पुलिस , वालिङ नगरपालिका र कोशी विजयी भए ।
पुलिसले सुदुरपश्चिमलाई, वालिङले कर्णाली प्रदेशलाई तथा कोशीले बागमती युथ क्लबलाई पराजित गरेको थियो । संकटा क्लब र चन्द्रपुर नगरपालिका बराबरी खेलेका थिए।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना जारी लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]