1 year ago
September 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगमा चन्द्रपुर नगरपालिकाले पहिलो जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा खेल मैदानमा शुक्रवार भएको खेलमा चन्द्रपुर नगरपालिकाले सुदूरपश्चिम प्रदेशलाई ४-० ले पराजित गर्यो। चौथो खेलमा चन्द्रपुरको यो पहिलो जित हो।
अंकको खाता खोल्न नसकेको सुदूरपश्चिम विरूद्ध चन्द्रपुरले तेस्रो मिनेटमा नै अग्रता बनायो। अनिता राना मगरले गोल गर्दै सुरूवाती अग्रता दिलाइन् । खेलको १५औं मिनेटमा रजनी थोकरले अग्रता दुगुना गरिन्।
पहिलो हाफमा चन्द्रपुरले २-० को अग्रता बनायो। निरिह सुदूर दोस्रो हाफमा खेलमा फर्कन सकेन भने ६३औं मिनेटमा एलिना चौधरीले आत्मघाती गोल उपहारमा चन्द्रपुर ३-० को अग्रता बनाउन सफल रहयो।
यसपछि ८९औं मिनेटमा सजनी थोकरले होल गर्दा चन्द्रपुर सुदरलाई ४-० को सहज नतिजामा हराउन सफल रहयो।
४ खेल खेलेको चन्द्रपुरले पहिलो जितबाट ३ अंक जोडेको छ। उसको ५ अंक पुगेको छ। चन्द्रपुर यसअघि कर्णाली र संकटासँग बराबरीमा रोकिंदा एपिएफसँग हारेको थियो।
सुदूरको भने यो लगातार चौथौ हार हो। सुदूरपश्चिमले बागमती युवा क्लब, पुलिस क्लब र त्रिभुवन आर्मीसँग हार बेहोरेको थियो।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]