1 year ago
September 15, 2024
एजेन्सी – स्पेनिस ला लिगामा रियल मड्रिडले आफ्नो अपराजित यात्रा कायम राखेको छ । रियलले शनिवार रियल सोडिडाडलाई २-० ले हराएको हो।
रियलले ५ खेल खेल्दा ३ मा जित र २ मा बराबरी गरेको छ । रियललाई जित दिलाउँन भिनिसियस जुनियर र केलियन एमबाप्पेले गोल गरे । दुवै गोल पेनाल्टीबाट भएको थियो ।
जुनियरले ५८औं र एमबाप्पेले ७५ औं मिनेटमा पेनाल्टि गोल गरेका हुन्। रियल ५ खेलबाट ११ अंक जोड्दै दोस्रो स्थानमा छ ।
घरेलु मैदानमा पराजित सोडिडाड भने समान खेलबाट ४ अंकका साथ १६औं स्थानमा रहेको छ । ४ खेलमा ४ जितका साथ बार्सिलोना शीर्ष स्थानमा छ ।
शनिवार भएको अर्को खेलमा सेभिल्लाले गेटाफेलाई १-० ले पराजित गरेको छ । ला लिगामा आइवार ३ खेल हुनेछन्।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]