1 year ago
September 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब कर्णाली प्रदेशलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।
आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा एपिएफले आइतवार कर्णालीलाई ६-० ले पराजित गर्यो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले २ तथा हिमा रावत, निशा थोकर र गीता रानाले समान १ गोल गरे। १ गोल कर्णालीले आत्मघाती गर्यो ।
चौथो मिनेटमा निशाले गोल गर्दै एपिएफलाई अग्रता दिलान् । ११औं मिनेटमा रश्मिको गोलमा एपिएफले अग्रता दोब्बरको बनायो । २५औं मिनेटमा रश्मिले व्यक्तिगत दोस्रो गोल गरिन् ।
गीताले ५३औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दा ७७औं मिनेटमा हिमाले गोल गरिन् । अन्तिम मिनेटमा कर्णालीको बर्षा ओलीले आत्मघाती गोल गर्दै एपिएफको गोलअन्तर बढाइन् ।
एपिएफ ५ खेलमा १३ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानको पुलिसको समान खेलबाट ११ अंक छ ।
आजै हुने दोस्रो खेलमा बागमती युथ क्लब र चन्द्रपुर नगरपालीकाबीच खेल हुनेछ । एन्फा कम्प्लेक्समा खेल दिउसो ३ः३० मा सुरु हुनेछ । चन्द्रपुर ४ खेलमा ३ अंकका साथ छैटौं स्थानमा रहॅंदा बागमती समान खेलमा ३ अंकका साथ आठौं स्थानमा छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना जारी लिगमा १० टोलीको सहभागिता छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]