1 year ago
September 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले संकटा क्लबमाथि जित निकाल्दै शीर्ष स्थानमा थप मजबुत बनेको छ । छैटौं खेलमा पाँचौ जित निकाल्नेक्रममा एपिएफले मंगलवार संकटामाथि ३–० को जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपिएफलाई जित दिलाउन सरु लिम्बु, अनिता केसी र सविता राना मगरले समान १ गोल गरिन् ।
एपिएफले १३औं मिनेटमा सरुको गोलबाट अग्रता लिएको थियो । एपिएफका लागि अनिताले ५०औ मिनेटमा अग्रता दोब्बर बनाइन् । सविताले ६४औं मिनेटमा एपिएफका लागि गोल गर्दै जितलाई सहज बनाइन् ।
जित पछि एपिएफ ६ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा छ । एपिएफ भन्दा १ खेल कम खेलेको पुलिस ११ अंकका साथ दोस्रो स्थानमा छ । पराजित संकटा ६ खेलमा ५ अंकमा रहेको छ ।
आजै हुने दोस्रो खेलमा कोशी प्रदेश र अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबलल क्लबबीच हुनेछ । एन्फा कम्प्लेक्समा हुने खेल दिउँंसो ३ः३० बजे सुरु हुनेछ । समान ५ खेलबाट १० अंक जोडेको आर्मी तेस्रो र कोशी चौथो स्थानमा छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता छ । पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]