default_image

1 year ago

September 18, 2024

पुलिस र चन्द्रपुर बराबरीमा रोकिए

311 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा विभागीय टोली नेपाल पुलिस क्लबलाई चन्द्रपुर नगरपालिकाले बराबरीमा रोकेको छ ।

लिगमा बुधवारको पहिलो खेलमा पुलिस र चन्द्रपुरले गोलरहित बराबरी खेलेका हुन् । लगातार दोस्रो बराबरीसँगै पुलिस ६ खेलबाट १२ अंकका साथ लिगको तेस्रो स्थानमा छ ।

पुलिसले चन्द्रपुरलाई हराउँदै दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ । दोस्रो स्थानमा रहेको आर्मी समान खेल खेलेर १३ अंकमा रहेको छ । चन्द्रपुर ६ खेलमा ७ अंकका साथ छैटौं स्थानमा छ ।

आजै हुने दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश खेल्दै छन् । कर्णाली ५ खेलमा १ अंकका साथ नवौं स्थानमा रहेको छ । सुदूरपश्चिम समान खेलमा अंक बिहीन रहदै तालिकाको पुछारमा रहेको छ ।

अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागीता रहेको छ । सहभागी १० टोलीले पहिलो चरणमा एक अर्का विरुद्ध खेल्नेछन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.