1 year ago
September 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साविकको उपविजेता नेपाल साफ यु–१७ च्याम्पियनसिपको पहिलो खेलमा पराजित भएको छ । नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १–० ले स्तब्ध बनेको हो ।
भुटानको चाङलिमिथाङ रंगशालामा शनिबार भएको खेलमा नेपाललाई स्तब्ध पार्न पाकिस्तानका परिवर्तित खेलाडी मोहम्मद थलहले खेलको अन्त्यतर गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ८२औं मिनेटमा अब्दुल समादको कर्नरलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए ।
मोहम्मद थलह खेलकाे ७०औं मिनेटमा अब्दुल घानीकाे स्थानमा मैदानमा प्रवेश गरेका थिए । उनले मैदान प्रवेश गरेकाे ११ मिनेट भित्रमा गाेल गर्न सफल भएका थिए ।
समूह ‘बी’ मा रहेको नेपालले अब सोमबार श्रीलंकाको सामना गर्नेछ । त्यसपछि नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्नेछ । शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछ । सेमिफाइनल १२ असोजमा तथा फाइनल १४ असोजमा हुनेछ ।

December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]