1 year ago
September 22, 2024
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा टोटेनहम ह्ट्सपरले शनिवार ब्रेन्टफर्डलाई ३-१ ले पराजित गरेको हो ।
घरेलु मैदानमा टोटेनहमको जितमा डोमिनिक सोलन्के, ब्रेनान जोनसन र जेम्स मेडिसनले समान १ गोल गरे। ब्रेन्टफर्डका लागि बार्यन एमबिमोले गोल गरे ।
खेलको पहिलो मिनेटमै ब्रेन्टफर्डका लागि बार्यनले दिलाएको अग्रतालाई जोगाउन सकेन। आठौं मिनेट घरेलु टोलीका सोलन्केले गोल गर्दै बराबरी गोल फर्काए ।
२८औं मिनेटमा जोनसनले गोल गर्दै टोटनहमको अग्रता २–१ को बनाए । ८५औं मिनेटमा जेम्सले गोल गर्दै ३-१ को जित पक्का गरे।
टोटेनहमले ५ खेलबाट ७ अंक जोडेको छ । ब्रेन्टफर्डको समान खेलबाट ६ अंक छ।
इपिएलका अन्य खेलमा एस्टन भिल्ला, फुलहम, चेल्सी, लिभरपुल विजयी भए । लेस्टर सिटी र एभर्टन, म्याचेस्टर युनाइटेड र क्रिस्टल प्यालेस तथा साउथह्याम्पटन र इप्स्वीच टाउनले बराबरी खेलेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]