1 year ago
September 24, 2024
काठमाडौं(हाम्रो खेलकुद) – चन्द्रा भन्डारीको ह्याट्रिक सहयोगमा त्रिभुवन आर्मी क्लबले मंगलवार एन्फा महिला लिगमा वालिङ नगरपालिकालाई पराजित गरेको छ । आर्मी ८-० ले विजयी भएको हो।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीको जितमा चन्द्रा प्लेयर अफ द म्याच भइन् । चन्द्राका साथै विमला विक र अमिशा कार्कीले समान २ गोल गर्दा वालिङले १ गोल उपहार स्वरुप दियो ।
विमलाले ३८औं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाईन् । ४२औं मिनेटमा चन्द्राले आर्मीको अग्रता दोब्बर बनाउँदा ४४औं मिनेटमा वालिङका खेलाडीले आत्मघाती गोल गरिन् ।
५४औं मिनेटमा चन्द्राले व्यक्तिगत दोस्रो तथा ७३औं मिनेटमा अर्को गोल गर्दै ह्याट्रिक पूरा गरिन् । अमिशा कार्कीले ६१औं र ७१औं मिनेटमा गोल गरिन् । विमलाले अन्तिम मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् ।
जितसँगै आर्मीको ८ खेलबाट १९ अंकका साथ दोस्रो स्थानमा छ । आर्मीले दोस्रो चरणमा स्थान पक्का गरेको छ । वालिङ समान खेलमा १२ अंकका साथ चौथो स्थानमा छ । हारपछि पनि वालिङको अर्को चरण प्रवेशको सम्भावना कायमै रहेको छ ।
आजै हुने अर्को खेलमा संकटा क्लब र बागमती युथ क्लब खेल्दैछन् । एन्फा कम्प्लेक्समा नै हुने खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ ।
संकटा ७ खेलमा ८ अंकका साथ छैटौं स्थानमा छ । बागमती समान खेलमा ७ अंक जोड्दै आठौं स्थानमा छ । यो खेलमा जित हासिल गर्दै दुवै टोली अर्को चरणको सम्भावना बलियो बनाउँन चाहन्छन् ।
अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीले पहिलो चरणमा एक अर्का विरुद्ध खेल्नेछन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]