default_image

1 year ago

September 24, 2024

आयोजक झरना स्पोर्ट्स क्लब विजयी

450 views

0 Bookmark

सुमन अधिकारी, बुटवल

आयोजक झरना स्पोर्ट्स क्लब रुपन्देहीमा जारी ३६ औं झरना रनिङशिल्ड फुटबल प्रतियोगितामा विजयी भएको छ ।

मंगलवार भएको खेलमा देवदह ब्वाइज एफसीलाई ५-१ ले पराजित गर्दै झरना समूह बीबाट क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

एक विदेशी खेलाडीसहित मैदानमा उत्रेको झरनाले खेल सुरु भएको तेस्रो मिनेट मै गोलको सामना गरेको थियो।
देवदहका सुरज थापाले गोल गरेका थिए ।

खेलको ३३ औं मिनेटमा झरनाका जय गुरुङले बराबरी गोल गरे भने रोहित सुनारले ३७ औं मिनेटमा अर्को गर्दा आयोजक टोली पहिलो हाफ २-१ ले अघि बढेको थियो ।

एरोन थापाले ६८ औं र ८७ औं मिनेट तथा दिपेश आलेले ८० औं मिनेटमा गोल गरेपछि झरनाको जित सहज बनेको थियो ।

आयोजक झरनाका जय गुरुङ प्लेयर अफ द म्याचबाट पुरस्कृत भए । बुधबार पहिलो चरणको अन्तिम खेल फुलबारी गाईज बुटवल र भैरव एफसीबीच हुने छ ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.