7 months ago
September 24, 2024
सुमन अधिकारी, बुटवल
आयोजक झरना स्पोर्ट्स क्लब रुपन्देहीमा जारी ३६ औं झरना रनिङशिल्ड फुटबल प्रतियोगितामा विजयी भएको छ ।
मंगलवार भएको खेलमा देवदह ब्वाइज एफसीलाई ५-१ ले पराजित गर्दै झरना समूह बीबाट क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
एक विदेशी खेलाडीसहित मैदानमा उत्रेको झरनाले खेल सुरु भएको तेस्रो मिनेट मै गोलको सामना गरेको थियो।
देवदहका सुरज थापाले गोल गरेका थिए ।
खेलको ३३ औं मिनेटमा झरनाका जय गुरुङले बराबरी गोल गरे भने रोहित सुनारले ३७ औं मिनेटमा अर्को गर्दा आयोजक टोली पहिलो हाफ २-१ ले अघि बढेको थियो ।
एरोन थापाले ६८ औं र ८७ औं मिनेट तथा दिपेश आलेले ८० औं मिनेटमा गोल गरेपछि झरनाको जित सहज बनेको थियो ।
आयोजक झरनाका जय गुरुङ प्लेयर अफ द म्याचबाट पुरस्कृत भए । बुधबार पहिलो चरणको अन्तिम खेल फुलबारी गाईज बुटवल र भैरव एफसीबीच हुने छ ।
April 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपालगन्ज रंगशालामा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा आज रौतहट फुटबल संघको टोलीलाई ३-० ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो। एपिएफले अन्तिम १७ मिनेटमा गोल गर्दै फाइनलमा यात्रा तय गरेको हो। टोलीका लागि अनिता केसी, निशा […]
April 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्टेफन समिर बिनोङको निर्णायक गोलमा दश जनामा समेटिएको पोखरा थन्डर्सले धनगढी एफसीलाई १-० ले हराउँदै फाइनलमा प्रवेश गर्न सफल भएको छ । बिनोङले इन्जुरी समयमा गरेको गोलले पोखरालाई पहिलो पटक फाइनलमा पुर्यायो। अब उपाधिको लागि धनगढीले ललितपुर सिटी एफसीको सामना गर्नेछ । लगातारको दुई पटकको फाइनलिष्ट धनगढी भने यो पटक प्ले […]
April 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा अहिले दुई पटकको फाइनलिष्ट धनगढी एफसी र पोखरा थन्डर्सबीचको खेल जारी छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। फाइनल पुग्ने दुवै टोलीको लागि यो अन्तिम मौका हो। तर दुवै टोलीले पहिलो हाफमा उत्साहजनक प्रदर्शन गर्न सकेनन्। दुवै टोलीले गोल गर्ने गतिलो मुभ बनाउन सकेनन्। […]