1 year ago
September 24, 2024
सुशील पन्त क्षेत्री,चितवन
आयोजक हानामी भरतपुर फुटबल क्लब बिएफसीलाई स्तब्ध पार्दै नेपाल पुलिस क्लब गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
अन्तिम क्वाटरफाइनलमा पुलिसले मंगलवार बिएफसीलाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गर्दै पुलिस सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
त्यस अघि निर्धारित समयको खेल २-२ को बराबरी सकिएको थियो । पुलिसका लागि दुवै गोल सुजन मगरले गरे ।आयोजकका सन्जिव विष्ट र सृजन गौतमले गोल गरे ।
खेलको १८ औं मिनेटमा सुजनको गोलमा पुलिसले अग्रता लिएको थियो । ६० औं मिनेटमा सन्जिवले बिएफसीका लागि बराबरी गोल फर्काए ।
६२ औं मिनेटमा सुजनले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई पुन: अग्रता दिलाए ।

खेलको अन्तिम मिनेटमा सृजनले गोल गरेपछि निर्धारित समय २-२ को बराबरीमा सकियो । दुई गोल गरेका पुलिसका सुजन म्यान अफ दि म्याच भए ।
यो सँगै सेमिफाइनलमा पुलिस र एपिएफबीच विभागीय डर्बी हुने पक्का भएको छ । प्रतियोगितामा बुधवार पहिलो सेमिफाइनल खेल हुनेछ । जसमा सल्हेस एफसी सिराहा र बुटवल लुम्बिनी एफसी भिड्नेछन् । खेल दिउँसो ३:३० बजे हुनेछ ।
असोज १२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा दोस्रो टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]