1 year ago
September 26, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशलाई हराउॅंदै कोशी प्रदेश एन्फा महिला लिगको दोस्रो चरणमा प्रवेश गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीवार भएको खेलमा कोशीले सुदूरपश्चिमलाई ४-० ले पराजित गरेको हो ।
दोस्रो चरणमा स्थान बनाउने पाँचौ टोली बन्ने क्रममा कोशीका लागि समिक्षा मगरले २ तथा ममता राउत र कुस्मा राईलेले समान १ गोल गरे ।
खेलको २३औं मिनेटमा गोल गर्दै ममता राउतले कोशीलाई अग्रता दिलाइन् । समिक्षाले ४१औं र ६४औं मिनेटमा गोल गर्दै कोशीको अग्रता ३-० को बनाइन् ।
कुस्माले ६४औं मिनेटमा गोल गर्दै कोशीको दोस्रो चरणको यात्रा पक्का गरिन् । कोशीको पहिलो चरणको समाप्तीमा ९ खेलबाट १४ अंक भएको छ । समान खेलबाट सुदूरले अंकबिहीन रुपमा यस सिजनको यात्रा सकाएको छ ।
आज नै भएको पहिलो खेलमा चन्द्रपुर नगरपालिकालाई पराजित गर्दै वालिङ नगरपालिकाले अर्को चरण प्रवेश गरेको छ ।
चन्द्रपुरलाई वालिङले २-१ ले पराजित गरेको हो । दोस्रो चरणमा स्थान बनाउने चौथो टोली बन्ने क्रममा वालिङका लागि सुक्रिया मिया र ज्याकलिन नसालीले गोल गरिन् । चन्द्रपुरका लागि भने सुनिता सुनारले गोल गरिन् ।
खेलको छैटौं मिनेटमा गोल गर्दै सुक्रियाले वालिङलाई अग्रता दिलाइन् । ज्याकलिनले ३६औं मिनेटमा गोल गर्दै वालिङको अग्रता दोब्बरको बनाइन् ।
सुनिताले ५०औं मिनेटमा गोल गर्दै चन्द्रपुरलाई खेलमा फर्काउने कोसिस गरे पनि त्यो सम्भव हुन सकेन ।
वालिङको पहिलो चरणको समाप्तीमा ९ खेलबाट १५ भएको छ । समान खेलबाट चन्द्रपुरको भने ८ अंक भएको छ ।
दोस्रो चरणमा तीन विभागीय टोलीहरु नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब तथा वालिङ नगरपालिका र कोशी प्रदेशले प्रवेश गरेका छन् । अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।
सहभागी टोलीले पहिलो चरणमा एक अर्का विरुद्ध खेल्नेछन् । पहिलो चरणको अन्तिम ३ खेल बाँकी रहँदा दोस्रो चरण पुग्ने ५ टोलीको टुंगो लागेको छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]