1 year ago
September 26, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशलाई हराउॅंदै कोशी प्रदेश एन्फा महिला लिगको दोस्रो चरणमा प्रवेश गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीवार भएको खेलमा कोशीले सुदूरपश्चिमलाई ४-० ले पराजित गरेको हो ।
दोस्रो चरणमा स्थान बनाउने पाँचौ टोली बन्ने क्रममा कोशीका लागि समिक्षा मगरले २ तथा ममता राउत र कुस्मा राईलेले समान १ गोल गरे ।
खेलको २३औं मिनेटमा गोल गर्दै ममता राउतले कोशीलाई अग्रता दिलाइन् । समिक्षाले ४१औं र ६४औं मिनेटमा गोल गर्दै कोशीको अग्रता ३-० को बनाइन् ।
कुस्माले ६४औं मिनेटमा गोल गर्दै कोशीको दोस्रो चरणको यात्रा पक्का गरिन् । कोशीको पहिलो चरणको समाप्तीमा ९ खेलबाट १४ अंक भएको छ । समान खेलबाट सुदूरले अंकबिहीन रुपमा यस सिजनको यात्रा सकाएको छ ।
आज नै भएको पहिलो खेलमा चन्द्रपुर नगरपालिकालाई पराजित गर्दै वालिङ नगरपालिकाले अर्को चरण प्रवेश गरेको छ ।
चन्द्रपुरलाई वालिङले २-१ ले पराजित गरेको हो । दोस्रो चरणमा स्थान बनाउने चौथो टोली बन्ने क्रममा वालिङका लागि सुक्रिया मिया र ज्याकलिन नसालीले गोल गरिन् । चन्द्रपुरका लागि भने सुनिता सुनारले गोल गरिन् ।
खेलको छैटौं मिनेटमा गोल गर्दै सुक्रियाले वालिङलाई अग्रता दिलाइन् । ज्याकलिनले ३६औं मिनेटमा गोल गर्दै वालिङको अग्रता दोब्बरको बनाइन् ।
सुनिताले ५०औं मिनेटमा गोल गर्दै चन्द्रपुरलाई खेलमा फर्काउने कोसिस गरे पनि त्यो सम्भव हुन सकेन ।
वालिङको पहिलो चरणको समाप्तीमा ९ खेलबाट १५ भएको छ । समान खेलबाट चन्द्रपुरको भने ८ अंक भएको छ ।
दोस्रो चरणमा तीन विभागीय टोलीहरु नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब तथा वालिङ नगरपालिका र कोशी प्रदेशले प्रवेश गरेका छन् । अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।
सहभागी टोलीले पहिलो चरणमा एक अर्का विरुद्ध खेल्नेछन् । पहिलो चरणको अन्तिम ३ खेल बाँकी रहँदा दोस्रो चरण पुग्ने ५ टोलीको टुंगो लागेको छ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]