1 year ago
September 27, 2024
एजेन्सी – इङ्ग्लिस क्लब टोटनहम ह्ट्सपरले युरोपा लिगमा आफ्नो पहिलो खेलमा अजरवैजानि क्लब काराबागलाई सहज रुपले पराजित गरेको छ । १० खेलाडीमा सिमित टोटनहमले कारबागलाई ३-० ले पराजित गरेको हो ।
टोटनहमको घरेलु मैदानमा भएको खेलमा टोटनहमलाई जित दिलाउँन ब्रेनन जोन्सन, डोमिनिक सोलान्के र पेपे सरले गोल गरे । खेलको आठौं मिनेटमा टोटनहमका डिफेन्डर राडु ड्रागुसिन रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएका थिए ।
खेलमा १२औं जोन्सनले टोटनह्यामलाई सुरुवाती अग्रता दिलाएका हन् । ५२औं मिनेटमा पेपेले गोल गर्दै अग्रता दोब्बर पारे। ६८औं मिनेटमा डोमिनिकले अर्को गोल गर्दै ३-० को सहज जित दिलाए।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]