default_image

4 months ago

September 27, 2024

एन्फा महिला लिग – आर्मीसँग कर्णालीको हार

1044 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगको पहिलो चरणको सुखद अन्त्य गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको पहिलो चरणको लिगको आफ्नो अन्तिम खेलमा आर्मीले कर्णाली प्रदेशमाथि ५-० को सहज जित हासिल गर्यो ।

आर्मीको जितमा चन्द्रा भन्डारी, अमिषा कार्की, विमला चौधरी, दिपा राई र दिपा शाहीले गोल गरे ।

तेस्रो मिनेटमा गोल गर्दै चन्द्राले आर्मीलाई सुरुवाती अग्रता दिएकी दिलाइन् । खेलको आठौं मिनेटमा विमलाले अग्रता दोब्बर बनाउदा १२औं मिनेटमा अमिषाले गोल गरिन् । खेलको ५७औं दिपा राई र ६६औं मिनेटमा दिपा शाहीले गोल गर्दा आर्मीले सहज जित निकाल्यो ।

जितपछि ९ खेलमा १९ अंक जोड्दै आर्मी दोस्रो स्थान रह्यो । १ खेल कम खेलेको नेपाल पुलिस क्लब १८ अंकसहित तेस्रो स्थानमा छ । कर्णालीले ९ खेलबाट ७ अंक जोड्दै पुछारबाट दोस्रो स्थानमा रहेर लिग अन्त्य गरेको छ।

आजै भएको पहिलो खेलमा रश्मी कुमारी घिसिङको ४ गोलको मद्दतमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको पहिलो चरणमा सुखद अन्त्य गरेको छ ।

एपिएफ पहिलो चरणको लिगको शीर्ष स्थानमा रहेन क्रममा अपराजित रह्यो । खेलेको ९ मध्ये ८ खेलमा जित निकालेको एपीएफले पहिलो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरीमा खेलेको थियो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा बागमतीमाथि एपिएफले ७-० को सहज जित हात पारेको थियो ।

एपिएफलाई जित दिलाउन रश्मीले ४, अनिता बस्नेत र सविता राना मगरले समान १ गोल गरेका थिए । बागमतीले १ गोल आत्मघातीका रुपमा गरेको थियो ।

खेलको ३५औं मिनेटमा रश्मीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएकी थिइन् । ४०औं मिनेटमा सुनिता भुषालले आत्मघाती गोल गर्दै एपिएफको अग्रता दोब्बर भयो । अनिताले एपिएफलाई ४७औं मिनेटमा गोल गर्दै ३-० को अवस्थामा पुर्याइन् ।

रश्मीले ५७औं र ८२औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । रश्मीले ८८औं मिनेटमा गोल गर्दै एपिएफको अग्रता ६-० मा पुर्याइन् । इन्ज्युरी समयमा गोल गर्दै सविताले एपिएफलाई जित अन्तरलाई फराकिलो पारिन्।

जितपछि ९ खेलमा २५ अंक जोड्दै एपिएफ शीर्ष स्थान रह्यो । बागमतीले समान खेलबाट १० अंकका साथ छैटौं स्थानमा रहेर लिग सकाएको छ ।

January 18, 2025

राइजिङ भरतपुर गोल्डकप फुटबल हुँदै

सुशील पन्त क्षेत्री,चितवन राइजिङ भरतपुर गोल्ड कप फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको छ। चितवन ११ फुटबल क्लबको आयोजनामा प्रतियोगिता माघ १२ गते सुरु हुने शनिवार रिसोर्ट मिसन सफलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा हुने प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।प्रतियोगितामा ए डिभिजनसहित ८ टोली सहभागी हुने […]

January 18, 2025

बागलुङ प्रहरीलाई स्मृति कप फुटबल उपाधि

अर्जुन कार्की , बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङले दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रहरीले शनिवार भएको फाइनलमा संकल्प पुर्नस्थापना केन्द्र बागलुङलाई ट्राइब्रेकरमा ५-३ ले हराउँदै च्याम्पियनबनेको हो । निर्धारित र थप २० मिनेटमा खेल १-१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा प्रहरीले बाजी मारेको थियो। दोस्रो हाफको दोस्रो मिनेटमा मनोज गुरुङले गोलबाट संकल्पले […]

January 18, 2025

एन्फा महिला लिग – बागमतीले पुलिसलाई रोक्यो

काठमाडौं(हाम्रो खेलकुद) – बागमती युथ क्लबले एन्फा राष्ट्रिय महिला लिगको‌ अन्तिम‌ चरणमा विभागीय टोली नेपाल पुलिस क्लबलाई बराबरीमा रोकेको छ । बागमती र पुलिसबिच शनिवार भएको खेल गोलरहित बराबरीमा सकिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुलिसले गोलका धेरै अवसर निकाले पनि बागमतीले त्यसलाई सफल हुन दिएन । पुलिस ११ अंकका साथ तेस्रो स्थानमा कायमै छ […]

Success

Thank you for your time.