1 year ago
September 27, 2024
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगको पहिलो चरणको सुखद अन्त्य गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको पहिलो चरणको लिगको आफ्नो अन्तिम खेलमा आर्मीले कर्णाली प्रदेशमाथि ५-० को सहज जित हासिल गर्यो ।
आर्मीको जितमा चन्द्रा भन्डारी, अमिषा कार्की, विमला चौधरी, दिपा राई र दिपा शाहीले गोल गरे ।
तेस्रो मिनेटमा गोल गर्दै चन्द्राले आर्मीलाई सुरुवाती अग्रता दिएकी दिलाइन् । खेलको आठौं मिनेटमा विमलाले अग्रता दोब्बर बनाउदा १२औं मिनेटमा अमिषाले गोल गरिन् । खेलको ५७औं दिपा राई र ६६औं मिनेटमा दिपा शाहीले गोल गर्दा आर्मीले सहज जित निकाल्यो ।
जितपछि ९ खेलमा १९ अंक जोड्दै आर्मी दोस्रो स्थान रह्यो । १ खेल कम खेलेको नेपाल पुलिस क्लब १८ अंकसहित तेस्रो स्थानमा छ । कर्णालीले ९ खेलबाट ७ अंक जोड्दै पुछारबाट दोस्रो स्थानमा रहेर लिग अन्त्य गरेको छ।
आजै भएको पहिलो खेलमा रश्मी कुमारी घिसिङको ४ गोलको मद्दतमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको पहिलो चरणमा सुखद अन्त्य गरेको छ ।

एपिएफ पहिलो चरणको लिगको शीर्ष स्थानमा रहेन क्रममा अपराजित रह्यो । खेलेको ९ मध्ये ८ खेलमा जित निकालेको एपीएफले पहिलो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरीमा खेलेको थियो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा बागमतीमाथि एपिएफले ७-० को सहज जित हात पारेको थियो ।
एपिएफलाई जित दिलाउन रश्मीले ४, अनिता बस्नेत र सविता राना मगरले समान १ गोल गरेका थिए । बागमतीले १ गोल आत्मघातीका रुपमा गरेको थियो ।
खेलको ३५औं मिनेटमा रश्मीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएकी थिइन् । ४०औं मिनेटमा सुनिता भुषालले आत्मघाती गोल गर्दै एपिएफको अग्रता दोब्बर भयो । अनिताले एपिएफलाई ४७औं मिनेटमा गोल गर्दै ३-० को अवस्थामा पुर्याइन् ।
रश्मीले ५७औं र ८२औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । रश्मीले ८८औं मिनेटमा गोल गर्दै एपिएफको अग्रता ६-० मा पुर्याइन् । इन्ज्युरी समयमा गोल गर्दै सविताले एपिएफलाई जित अन्तरलाई फराकिलो पारिन्।
जितपछि ९ खेलमा २५ अंक जोड्दै एपिएफ शीर्ष स्थान रह्यो । बागमतीले समान खेलबाट १० अंकका साथ छैटौं स्थानमा रहेर लिग सकाएको छ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]