1 year ago
September 28, 2024
सुशील पन्त क्षेत्री,चितवन
भरतपुर फुटबल क्लब (बिएफसी) को आयोजनामा जारी गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्ड कपको फाइनल खेल स्थगित भएको छ ।
अविरल वर्षाका कारण आज हुने भनिएको फाइनल खेल स्थगित भएको हो । क्लबले आज बिहान एक विज्ञप्ति जारी गर्दै शुक्रबारदेखिको अविरल वर्षाका कारण फाइनल स्थगित गरिएको जानकारी दिएको छ ।
फाइनल खेल भोलि (आइतबार) दिउँसो ३ बजे हुने प्रतियोगिता संयोजक धुर्व भुसालले जानकारी दिए । नेपाल प्रहरी शिक्षालयको मैदानमा जारी प्रतियोगितामा बुटवल लुम्बिनी एफसी र नेपाल पुलिस क्लब फाइनलमा पुगेका छन्।
प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख र दोस्रो टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको मुख्य प्रायोजकमा गोल्डेन इमिनेन्ट इन्टरनेशनल तथा सह प्रायोजकमा हानामी इन्टरनेशनल एजुकेसन रहेका छन् ।
बागमती प्रदेश सरकार, भरतपुर महानगरपालिका र चितवन जिल्ला फुटबल संघ प्रतियोगिताको प्रवर्द्धक संस्था हुन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]