default_image

1 year ago

September 28, 2024

झरना रनिङशिल्ड फुटबल प्रतियोगिता स्थगित

337 views

0 Bookmark

सुमन अधिकारी,बुटवल

रुपन्देहीमा जारी ३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगिता अविरल वर्षाका कारण प्रभावित भएको छ ।

लगातार भएको बर्षाले प्रतियोगिता भैरहेको कुन्जलापुरस्थित फुटबल मैदानमा पानी जमेकोले २ दिनका खेल सञ्चालन हुन सकेका छैन ।

‘लगातारको झरिका कारण मैदान पानीले भरिएको छ खेल खेलाउन सकिएको छैन’ आयोजक क्लबका अध्यक्ष धनेन्द्र पौडेलले भने ।

शुक्रबार रोकिएको गोर्खा ब्वाइज एफसी र योङ स्टार युथ क्लबका बिचको खेल शनिबार दिउँसो खेलाउने तयारी थियो । शनिवारका लागि फुलबारी गाइज र जनज्योती फुटबल क्लबको खेल तय थियो। तर वर्षा नरोकिएपछि दुवै खेल त्यो सम्भव भएन ।

क्वाटरफाइनलका दुई वटा खेल रोकिदा खेल तालिका परिवर्तन गर्नुपर्ने अवस्था देखिएको प्रतियोगिता संयोजक विजय पुनले बताए ।

खेल तालिका अनुसार असोज १४ र १५ गतेको सेमिफाइलन र १७ गते फाइनल खेल हुनुपर्ने छ। १६ टोलीको सहभागितामा प्रतियोगिता असोज २ गतेबाट सुरु भएको थियो ।

प्रतियोगिताको उपाधि विजेताले ३ लाख ३१ हजार र दोस्रो टोलीले १ लाख ८१ हजार रुपैयाँ प्राप्त गर्नेछ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.