default_image

1 year ago

September 28, 2024

सिटीको लगातार दोस्रो बराबरी

824 views

0 Bookmark

एजेन्सी –इङ्ग्लिस प्रियिमर लिग(इपिएल)को शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लगातार दोस्रो बराबरी खेलेको छ ।

लगातार दोस्रो बराबरी खेल्ने क्रममा साविक विजेता सिटी शनिवार न्युक्यासल युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ ।

न्युकासलको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि जेस्को जिभार्डियोल र न्युक्यासल एन्थोनली गोर्डनले गोल गरे ।

खेलमा अग्रता भने सिटीले लिएको थियो । सिटीका जिभार्डियोलले ३५औं मिनेटमा गोल गरेका थिए । न्युक्यासलका गोर्डनले ५८औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
बराबरीसँगै सिटीले ६ खेलमा १४ अंक जोडेको छ । न्युक्यासल समान खेलबाट १० अंकका जोडेको छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.