1 year ago
September 29, 2024
सुशील पन्त क्षेत्री, चितवन
बुटवल लुम्बिनी एफसीले गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको उपाधि जितेको छ ।
नेपाल पुलिस क्लब काठमाडौंलाई पराजित गर्दै बुटवल लुम्बिनी च्याम्पियन बनेको हो । बुटवल लुम्बिनीले पुलिसलाई २-० ले हराएको हो ।
नेपाल प्रहरी शिक्षालय भरतपुरको मैदानमा आइतवार बुटवल लुम्बिनीलाई च्याम्पियन बनाउन सनिश श्रेष्ठ र आयुष घलानले गोल गरे ।
सनिशले खेलको ३५ औं मिनेटमा गोल गर्दै बुटवल लुम्बिनीलाई अग्रता दिलाएका थिए । ५१ औं मिनेटमा आयुषले गोल गरेपछि बुटवल लुम्बिनी च्याम्पियन बन्यो ।
यससँगै बुटवल लुम्बिनीले मोफसलमा पहिलो उपाधि जितेको छ । यस अघि एनआरएनए प्रथम इलाम गोल्ड कप २०८० र दोस्रो ताप्लेजुङ गोल्डकप २०८१ मा सहभागितामा मात्रै सीमित भएको थियो ।
च्याम्पियन बुटवल लुम्बिनीले उपाधिसहित ६ लाख प्राप्त गरेको छ भने पुलिसले ३ लाख रुपैयाँ प्राप्त गरेको छ ।
बुटवलका कप्तान एरिक विष्ट प्लेयर अफ दि म्याच भए । उनी नै प्रतियोगिताभरको सर्वोत्कृष्ट खेलाडी पनि घोषित भए । उनले १५ हजार रुपैयाँ प्राप्त गरे ।
पुलिसका शत्रुधन चौधरी उत्कृष्ट गोलकिपर, बुटवल लुम्बिनीका सनिश उत्कृष्ट डिफेन्डर, पुलिसका राम वाजी उत्कृष्ट मिड फिल्डर, आयोजक हानामी भरतपुर फुटबल क्लबका राज भुसाल उत्कृष्ट फर्वाड तथा बुटवल लुम्बिनीका राजु लामा उत्कृष्ट प्रशिक्षक बने । उनीहरुले जनही १० हजार रुपैयाँ प्राप्त गरे ।
भरतपुर फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा १० टोली सहभागी थिए । प्रतियोगिताको मुख्य प्रायोजकमा गोल्डेन इमिनेन्ट इन्टरनेशनल तथा सह प्रायोजकमा हानामी इन्टरनेशनल एजुकेसन रहेका थिए ।
बागमती प्रदेश सरकार, भरतपुर महानगरपालिका र चितवन जिल्ला फुटबल संघ प्रतियोगिताको प्रवर्द्धक संस्थामा रहेका थिए।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]