1 year ago
September 29, 2024
सुमन अधिकारी, बुटवल
गोर्खा ब्वाइज स्पोर्ट्स क्लब बुटवल रुपन्देहीमा जारी ३६ औं झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
कुन्जलापुरस्थित फुटबल मैदानमा आइतवार भएको गोर्खाले योङ्ग स्टार क्लब मढाहालाई ५-३ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
लगातारको वर्षाका कारण शुक्रवार हुन नसकेको खेल आइतवार भएको थियो। खेलको ६५ औं मिनेटसम्म ३-१ गोलले पछाडि परेको गोर्खा ब्वाइज अन्तिम २५ मिनेटमा विदेशी खेलाडी रिचर्डको ह्याट्रिकमा खेलमा पुनरागमन गर्न सफल भएको हो ।
सुरुवातदेखिनै प्रतिस्पर्धात्मक बनेको खेलमा योङ स्टारले ४२ औं मिनेटमा छिरिङ लामाको गोलबाट अग्रता लिएको थियो। विसन गुरुङको कर्नमा छिरिङले हेड मार्फत गोल गरेका थिए ।
दोस्रो हाफको सुरुवातमा गोर्खाका विदेशी खेलाडी रिर्चाडले गोल गर्दै खेललाई बराबरी गरेका थिए। सन्त गुरुङले गोल गर्दै खेलमा योङ। स्टारलाई पुनः अग्रता दिलाएका थिए। छिरिङले दोस्रो गोल गरेपछि खेलमा योङ स्टारले ३-१ को अग्रता बनाएकाो थियो । तर त्यो अग्रता धेरै समय टिक्न पाएन ।
गोर्खा ब्वाइजका सुनिल खड्काले ६५ औ र ७२ औं मिनेटमा गोल गर्दै खेललाई ३-३ को बराबरीमा पुर्याएका थिए। रिचार्डले ७५ औं र ७८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्दै टोलीलाई जित दिलाएका थिए। उनै रिचर्ड प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
सोमबार जनज्योती एफसी र फुलबारी गाईज बुटवलबीचमा खेल हुने प्रतियोगिता संंयोजक विजय पुनले बताए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]