default_image

1 year ago

September 30, 2024

एन्फा भन्छ- ‘६ युवा खेलाडीको स-सम्मान अन्त्येष्टि गरिनेछ’

907 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- वर्षाका कारण आएको पहिरो परि मृत्यु भएका एन्फा एकेडेमी सिस्नेरीका ६ युवा खेलाडीको अन्तिम संस्कारका लागि प्रक्रिया अघि बढाइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

असोज ११ र १२ गतेको वर्षाका कारण मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ स्थित श्री वात्सल्य देवी उच्च माविको प्रशिक्षण केन्द्रबाट सुरक्षित स्थानतर्फ जाँदै गर्दा पहिरोमा परी दिवस बानियाँ, प्रियंस आचार्य, अनुपम घलान, साइमन योन्जन, विकल रेग्मी र आदित्य बलम्पाखीको मृत्यु भएको थियो।

एन्फालेले मृतक खेलाडीहरूको पार्थिव शरीरलाई स-सम्मान अन्त्येष्टि गर्ने व्यवस्था मिलाएको जनाएको छ। अनुपम घलान, साइमन योन्जन र विकल रेग्मीको पार्थिव शरीरलाई हेलिकप्टरमार्फत गृह जिल्ला मकवानपुर पठाइएको बताइएको छ।

आदित्य बलम्पाखीको पार्थिव शरीरलाई हेलिकप्टर मार्फत लालबन्दी १७ रानिगञ्ज सर्लाही पठाउने तयारी गरिएको छ तथा दिवंगत दिवस बानिया र प्रियंस आचार्यको अन्त्येष्टि सोमवार पशुपति आर्यघाटमा गरिने एन्फाले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ।

एन्फाले सम्बन्धित जिल्ला संघका पदाधिकारी तथा खेलप्रेमी महानुभावहरूलाई दिवंगत खेलाडीको स-सम्मान अन्त्येष्टिमा सरिक हुन अनुरोध गरेको छ।
एन्फा एकेडेमी सिस्नेरीमा रहेका स्थानिय बाहेक अन्य ३० खेलाडीलाई शनिवार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो।

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

Success

Thank you for your time.