1 year ago
October 3, 2024
एजेन्सी – इङ्ग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ ।
घरेलु मैदान एनफिल्डमा बुधवार राति भएको खेलमा लिभरपुलले इटलीयन क्लब बोलोग्नालाई २-० ले पराजित गरेको हो ।
लिभरपुलको जितमा म्याक एलिस्टर र मोहम्मद सलाहले गोल गरेका थिए । एलिस्टरले ११औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
सलाहले ६५औं मिनेटमा गोल गर्दै खेललाई २-० मा पुर्याएका थिए । जितसँगै ६ अंकका लिभरपुल पाँचौं स्थानमा छ। बोलोग्ना भने १ अंकका साथ २६औं स्थानमा छ।

अर्को खेलमा स्पेनिस क्लब रियल म्याड्रिड पराजित भएको छ। साविक विजेता रियल फ्रान्सेली टोली लिएसँग १-० ले पराजित भएको हो।
जोनाथन डेभिडले पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो। दोस्रो खेलमा लिलको यो पहिलो जित हो भने
रियलको यो पहिलो हार हो। दुवैको समान ३ अंक छ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]