1 year ago
October 3, 2024
एजेन्सी – इङ्ग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ ।
घरेलु मैदान एनफिल्डमा बुधवार राति भएको खेलमा लिभरपुलले इटलीयन क्लब बोलोग्नालाई २-० ले पराजित गरेको हो ।
लिभरपुलको जितमा म्याक एलिस्टर र मोहम्मद सलाहले गोल गरेका थिए । एलिस्टरले ११औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
सलाहले ६५औं मिनेटमा गोल गर्दै खेललाई २-० मा पुर्याएका थिए । जितसँगै ६ अंकका लिभरपुल पाँचौं स्थानमा छ। बोलोग्ना भने १ अंकका साथ २६औं स्थानमा छ।

अर्को खेलमा स्पेनिस क्लब रियल म्याड्रिड पराजित भएको छ। साविक विजेता रियल फ्रान्सेली टोली लिएसँग १-० ले पराजित भएको हो।
जोनाथन डेभिडले पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो। दोस्रो खेलमा लिलको यो पहिलो जित हो भने
रियलको यो पहिलो हार हो। दुवैको समान ३ अंक छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]