10 years ago
September 27, 2015
काठमाडौं, असोज १० गते ।
आज झापाको सुरुङा खेल मैदानमा भएको राष्ट्रिय लीगको खेलमा कर्ण लिम्बुको दुई गोलको मदतले झापा ११ ले नेपाल पुलिस क्लबलाई २-० ले हराएको छ।
यस अगिको खेल मा पनि आर्मी बिरुद्ध दुबै गोल गरेका कर्ण लिम्बुले खेलको ४१औं मिनेटमा गोल गर्दै झापालाई अग्रता दिलाएका थिए। यसअघि खेलमा झापाले प्राप्त गरेको पेनाल्टिलाई रितेश थापाले बचाएका थिए। पेनाल्टिमा चुकेका कर्णले ८२औं मिनेटमा दोश्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
जितसंगै झापा २४ अंक लिएर अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। १३ खेल खेलिसकेको झापाले अब बाँकि तिनै खेल काठमाडौंमा खेल्नेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]