9 years ago
February 11, 2017
सिमरा (हाम्रो खेलकुद) – गोलकिपर विनय श्रेष्ठको उच्च प्रदर्शनबाट प्रेरित सिएमजी क्लब संकटाले रुस्लान आठौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा स्तब्ध पार्दै संकटा पहिलो पटक सिमरा गोल्डकपमा च्याम्पियन बनेको हो ।

सिमरा रंगशालामा शनिवार भएको अन्तिम भिडन्तमा संकटाले आर्मीलाई टाईब्रेकरमा ४–२ हरायो । विनयले दुई पेनाल्टी रोक्दै संकटालाई उपाधिको हकदार बनाए । उपाधिसहित संकटाले ५ लाख ५१ हजार रुपैयाँ हात पार्यो । आर्मीले भने २ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्यो । संकटाको यो बर्षको दोस्रो उपाधि हो । यसअघि टोलीले नारायघाटमा विकास रनिङ शिल्ड जितेको थियो । आर्मीले ५ फाइनल खेल्दा ३ वटा उपाधि जितेको थियो ।
रोमाञ्चक फाइनलको निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि खेल थप समयमा गएको थियो । थप २० मिनेटमा गोल भएन र खेल टाइब्रेकरमा धकेलिएको थियो ।
टाइब्रेकरमा संकटाका लागि राज पौडेल, अनिल गुरुङ, अमित तामाङ र कुलदिप कार्कीले गोल गरे । विश्व अधिकारीको प्रहार भने सेनाका गोलकिपर सुनिल श्रीवास्तवले रोके । आर्मीका लागि सन्तोष तामाङ र हिरण्य मगरले मात्र पेनाल्टीमा गोल गरे । जीतेन्द्र कार्की र दीपक गुरुङको प्रहार संकटाका गोलरक्षक विनय श्रेष्ठले रोके र संकटालाई जितको हकदार बनाए ।
यसअघि खेलको ४७ मिनेटमा आर्मीका बालकृष्ण श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । डिबक्सभित्रबाट विनयले प्रहार गरेको बल क्रसबारमा लागेर गोललाईन भित्र छिरेको थियो । खेलको सुरुवात देखिनै आक्रमक सुरुवात गरेका दुवै टोलीले गोल गर्ने अवसर पटक पटक खेर फालेका थिए । पहिलो हाफमा १–० ले पछि परेको संकटाले खेलको ५६ औं मिनेटमा बराबरी गोल फर्कँयो । आर्मीका बालकृष्ण श्रेष्ठले मार्टिन अजाईलाई लडाएपछि पाएको फ्रिकिक बललाई सदुपयोग गर्दै संकटाका अमित तामाङले उत्कृष्ट गोल गरे । अमितको गोलसंगै खेलमा फर्किएको संकटाले आर्मीलाई चुनौती पस्केको थियो ।
विजेता उपविजेता टोलीका खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दहाल, आयोजक नव जनजागृति युवा क्लबका अध्यक्ष कासिम मियालगायतले पुरस्कृत गरे ।
सर्वोत्कृष्ट खेलाडी
विनय श्रेष्ठ संकटा
विधागत उत्कृष्ट
अनिल गुरुङ (फरवार्ड) संकटा
सन्तोष तामाङ (मिडफिल्ड) आर्मी
विमल पाण्डे (रक्षक) आर्मी
विनय श्रेष्ठ (गोलकिपर) संकटा
सल्यान खड्की (प्रशिक्षक) संकटा
बालकृष्ण श्रेष्ठ (सर्वाधिक गोलकर्ता) आर्मी
सर्वोत्कृष्टले मोटरसाइकल र उत्कृष्टले जनही १५ हजार रुपैयाँ प्राप्त गरे ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]