1 year ago
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ।
एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार गर्दै सत्यतथ्य छानबिन र दोषीमाथि कारवाही हुनुपर्ने माग राखेको थियो।
हिजो एन्फा अध्यक्ष ज्यूसहितको टोली समवेदना दिन र आर्थिक सहयोग गर्न आउनुभएको थियो। हामीले अहिले सहयोग लिदैनौ भनेर भन्यौ, प्रियांशका बुबा टिका आचार्यले भने,’ पहिलो घटनाको गम्भिरता पूर्वक छानबिन गर्नुपर्यो । व्यवस्थापनको गम्भीर लापरवाही देखिन्छ। सत्यतथ्य छानबिन गरेर दोषीमाथि कारवाही भए मात्र ती ६ बालकको आत्माले शान्ती पाउँछ। न्याय विनाको सहयोग लिने अवस्थामा हामी छैनौं भनेका छौं ।’
प्रियांशका बुवाले आफूले घटनाको अघिल्लो दिनबाट जिम्मेवारी बसेकालाई फोन सम्पर्क गर्दा चिन्ता लिनुपर्दैन भनेर हामी अली ढुक्क भएका थियौं जनाउँदै थपे, ‘तर पछि त्यस्तो घटना सुन्नु पर्यो । यसमा सरासर लापरवाही देखिन्छ। उहाँहरुले आफ्नै मान्छे राखेर छानबिन समिति बनाउने भएको छ हेरौ के आउँछ । सत्यतथ्य आउनुपर्छ कोही दोषी छ भने लुकाउने काम हुनु भएन। ‘
आचार्यले छोरासँग आफू निरन्तरत सम्पर्कमा रहने गरेको र उसले घर आउन हतार लागेकोले असोज १६ गतेबाट विदा भएपनि १४ गरे नै आउन आफूलाई आउन आग्रह गरेको स्मरण गर्दै छोराको किरियामा बसेका आचार्यले निराशा थपे,’ मेरो लागि त्यो १४ गते कहिल्यै आएन ।’
प्रियांशको आमाले एन्फा टोलीलाई हाम्रो साढे ३ तलाको घर लैजानुस बाबु फर्काइदिनुस भनेको बुवाले बताए। उनी भन्छन्, ‘पैसाले मात्र पीडा कम हुने हैन नि।’
उनले अगाडि भने,’भविष्यमा यस्ता घटना नदोहोरियोस् र बालकहरूले अकालमा ज्यान गुमाउन नपरोस् भन्नका लागि एन्फा जिम्मेवारी हुनुपर्नेमा जोड दिदैँ छानबिन सहि ढंगले हुनुपर्छ र उनीहरुले न्याय पाउनुपर्छ। उनीहरुले न्याय पाएपछि सहयोग लिने भनेको दोस्रो चरणको कुरा हो । सहयोग लिएर बाबुको नाममा सामाजिक काममा लगाउने सोच छ।’
एन्फाको टोली पुग्नुअघि नै एन्फा पूर्व अध्यक्ष गणेश थापा आफ्नो घरमा आइसकेको जानकारी दिदैं भने,’ एन्फा अध्यक्षले घटनापछि गरेको पहल सुनाउँनुभयो । त्यसमा पूर्व अध्यक्ष थापाले बच्चाहरुलाई जोगाउन के गर्नुभयो भन्ने प्रश्न गरेपछि केकही समय भनाभन पनि भयो ।’
असोज ११ गते वर्षाका कारण गएको पहिरोमा परि एकेडेमीका ४० मध्ये ६ जनाको मृत्यु भएको थियो। ४ स्थानिय बाहेक ३० जनालाई असोज १२ गते हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो।
एन्फाले मृतकको हरेक परिवारलाई ८ लाख रुपैयाँ दिने निर्णय गरेको थियो।
एन्फाले ३ सदस्य अध्ययन समिति पनि बनाएको छ । त्यसअघि छानबिनका लागि पूर्वाधार विकास समितिकले संसदीय समिति गठन गर्ने निर्णय गरेको थियो।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]