default_image

1 year ago

October 10, 2024

बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नं.४ लाई

460 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो।

निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर ४ च्याम्पियन बनेको हो ।

जितसँगै वडा नम्बर ४ ले १ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र पायो । दोस्रो भएको वडा नम्बर ५ ले ५० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्रमा प्राप्त गर्यो।
फाइनल खेलको प्लेयर अफ द म्याच वडा नम्बर ४ का नगेन्द्रमणि लिम्बू भए । उनले २ हजार रुपैयाँ र ट्रफी पाए ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका वडा नं. ४ का हिसुब थपलियाले १० हजार रुपैयाँ र ट्रफी पाए ।
उत्कृष्ट प्रशिक्षक वडा नम्बर ४ का गोपाल राई तथा गोलकिपर वडा नं. ४ का रोशन शाह भए ।

उत्कृष्ट डिफेन्डर वडा नं. ४ का प्रविन सिटौला, मिडफिल्डर वडा नं.५ का अंकुर तामाङ, फरवार्ड वडा नं. ९ का दिशान्त राई भए । उनीहरुले ५ हजार रुपैयाँ र ट्रफी पाए ।

यसैबीच, आजै सम्पन्न भेट्रान प्रतियोगिताको उपाधि वडा नम्बर १० ले जितेको छ । वडा नं. ५ लाई ५–० गोलअन्तरले हराउँदै वडा नम्बर १० च्याम्पियन बनेको हो ।उपाधिसँगै वडा नम्बर १० ले २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पायो भने उपविजेता बनेको वडा नम्बर ५ ले १५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताका विजेता तथा उपविजेतालाई विशिष्ट अतिथि नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा अध्यक्षहरु, समिति अध्यक्ष विकास गिरी, प्रतियोगिता संयोजक सन्तोष गुरुङ, मिसन बिर्तामोडका संयोजक माधवकुमार झा लगायतले पुरस्कार वितरण गरेका थिए ।

समिति अध्यक्ष गिरीको अध्यक्षतामा सम्पन्न पाँचौँ संस्करणको प्रतियोगिता सैनिक बजारमा रहेको महेन्द्रज्योति माविको खेल मैदानमा भएको थियो । कार्यक्रमको सञ्चालन समिति सचिव बिसन लिम्बूले गरेका थिए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.