1 year ago
October 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – महिला साफ च्याम्पियनसिप फुटबलको सातौं संस्करण आज सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ च्याम्पियनसिपको सर्वाधिक सफल टोली भारतले पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात हुनेछ। खेल साँझ ५ः३० बजे सुरु हुनेछ।
सन् २०१० देखि सुरु भएको साफ च्याम्पियनसिपको ६ संस्करणमा ५ पटक विजेता बनेको थियो। दुई वर्षअघि नेपालमा भएको पछिल्लो संस्करणमा भने भारत सेमिफाइनलमा पराजित भएको थियो। त्यति बेला नेपालसँग पराजित हुँदै भारत प्रतियोगिताबाट बाहिरिएको थियो।
नेपालले भारतलाई महिला फुटबलमा हराएको त्यो पहिलो पटक थियो। भारत सदा जस्तै प्रतियोगिताको मुख्य दाबेदार मध्येको टोली हो।

पाकिस्तानको भने साफ च्याम्पियनसिपमा कमजोर उपस्थिति रहँदै आएको छ। २०१० मा बाहेक पाकिस्तान सेमिफाइनलमा पनि पुग्न सकेको छैन। भारतलाई रोक्न सके वा हराउन सके पाकिस्तानी फुटबलका ठूलो नतिजा हुनेछ। भारत, पाकिस्तानसँगै बंगालादेश समूह एमा छन् ।
नेपालसहित भुटान, श्रीलंका र माल्दिभ्स अर्को समूहमा छन्। भुटानसँग शुक्रवार खेल्दै नेपालले च्याम्पियनसिपको सुरुवात गर्नेछ। खेल ५:३० बजे सुरु हुनेछ। त्यसअघि शुक्रवार श्रीलंका र माल्दिभ्स बीच खेल हुनेछ। नेपालले लगातार तेस्रो पटक साफ च्याम्पियनसिपको आयोजना गर्दैछ।

December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]