1 year ago
October 19, 2024
एजेन्सी – अल नासर साउदी प्रो लिगमा अल शबाबलाई पराजित गरेको छ । क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा शुक्रवार नासरले शबाबलाई २-१ हरायो ।
अल शबाबको घरेलु मैदानमा भएको खेलमा नासरको लागि अर्को गोल एमेरिक लापोर्टे गरेका हुन् । लापोर्टेले ६९ औं मिनेटमा गोल गरे ।
खेल अन्त्यतिर रोमान्चक रह्यो। अन्तिम मिनेटमा नासरका अली अल हसनले आत्मघाती गोल गरेपछि खेलमा १-१ को बराबरी भयो। इन्ज्युरी समयको सातौं मिनेटमा प्राप्त पेनाल्टीलाई रोनाल्डोले गोल गर्दै जित दिलाए ।
जितसँगै नासरले शीर्ष स्थानको डिफेन्डिङ च्याम्पियन अल हिलालसँगको अंक दूरी घटाएको छ । नासर अल हिलालसँगको अंक दुरी ४ अंकमा झारेको छ ।
७ खेलबाट २१ अंक भएको अल हिलाल शीर्ष स्थानमा छ। चौथो स्थानमा रहेको शबाबको समान खेलबाट १२ अंक छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]