default_image

1 year ago

October 19, 2024

टोटनहमद्वारा वेस्ट ह्याम पराजित

440 views

0 Bookmark

एजेन्सी – टोटनहम ह्ट्सपरले इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा शनिबार वेस्ट ह्याम युनाइटेडलाई हराएको छ । आठौं खेलमा चौथो जित निकाल्नेक्रममा टोटनहमले वेस्टह्याममाथि ४-१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा टोटनहमको जितमा डेजान कुलुसेभस्की, यभिस बिसौमा र सन ह्युन मिनले गोल गरे । टोटनहमले १ गोल आत्मघाती स्वरुप प्राप्त गर्यो । वेस्ट ह्यामका लागि मोहम्मद कुडुसले सान्त्वना गोल गरे ।

खेलमा अग्रता भने वेस्ट ह्यामले नै लिएको थियो । खेलको १८औं मिनेटमा कुडुसले वेस्ट ह्यामका लागि गोल गरे । टोटनहमका कुलुसेभस्कीले ३६औं मिनेटमा गोल गर्दै टोलीलाई बराबरीमा ल्याए।

बिसौमाले ५२औं मिनेटमा गोल गरेपछि टोटनहम २-१ ले अगाडि बढ्यो । त्यसको ३ मिनेटपछि वेस्टहमका गोलकिपर अल्फोन्स अरेओलाबाट आत्मघाती गोल हुन पुग्दा टोटनहमको अग्रता ३-१ मा पुग्यो ।

ह्युन मिनले ६०औं मिनेटमा टोटहमका लागि चौथो गोल गरे । खेलको ८६औ मिनेटमा कुडुसले रातो कार्ड पाउदै मैदान छाडेपछि वेस्टह्याम १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै टोटनहमले ८ खेलमा १३ अंक जोडेको छ । वेस्ट ह्यामले समान खेलबाट ८ अंक जोडेको छ ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.