1 year ago
October 19, 2024
एजेन्सी – टोटनहम ह्ट्सपरले इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा शनिबार वेस्ट ह्याम युनाइटेडलाई हराएको छ । आठौं खेलमा चौथो जित निकाल्नेक्रममा टोटनहमले वेस्टह्याममाथि ४-१ ले पराजित गरेको हो ।
घरेलु मैदानमा टोटनहमको जितमा डेजान कुलुसेभस्की, यभिस बिसौमा र सन ह्युन मिनले गोल गरे । टोटनहमले १ गोल आत्मघाती स्वरुप प्राप्त गर्यो । वेस्ट ह्यामका लागि मोहम्मद कुडुसले सान्त्वना गोल गरे ।
खेलमा अग्रता भने वेस्ट ह्यामले नै लिएको थियो । खेलको १८औं मिनेटमा कुडुसले वेस्ट ह्यामका लागि गोल गरे । टोटनहमका कुलुसेभस्कीले ३६औं मिनेटमा गोल गर्दै टोलीलाई बराबरीमा ल्याए।
बिसौमाले ५२औं मिनेटमा गोल गरेपछि टोटनहम २-१ ले अगाडि बढ्यो । त्यसको ३ मिनेटपछि वेस्टहमका गोलकिपर अल्फोन्स अरेओलाबाट आत्मघाती गोल हुन पुग्दा टोटनहमको अग्रता ३-१ मा पुग्यो ।
ह्युन मिनले ६०औं मिनेटमा टोटहमका लागि चौथो गोल गरे । खेलको ८६औ मिनेटमा कुडुसले रातो कार्ड पाउदै मैदान छाडेपछि वेस्टह्याम १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै टोटनहमले ८ खेलमा १३ अंक जोडेको छ । वेस्ट ह्यामले समान खेलबाट ८ अंक जोडेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]