default_image

1 year ago

October 19, 2024

ग्वेंगाम्पको पहिलो जितमा साम्बाको गोल

5931 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद )- सावित्रा भण्डारी साम्बा सम्मिलित एन अभान्ट ग्वेंगाम्पले फ्रान्सेली लिगमा सिजनको पहिलो जित हासिल गरेको छ।

सिजनको आफ्नो पाँचौं खेलमा पहिलो जित हासिल गर्ने क्रममा श‌निवार ग्वेंगाम्पले स्ट्रासबर्गलाई ३-२ ले हराएको छ।

साम्बाको गोलबाट ५८ औं मिनेटमा ग्वेंगाम्पलेले खेलमा अग्रता लिएको थियो। ६३ औं मिनेटमा लोरेना अजारोले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा पुर्याएकी थिइन् ।

६५ औं मिनेटमा चापेलीको गोलमा स्ट्रासबर्गले खेलमा अग्रता बनाएको थियो। त्यसको एक मिनेटपछि नै ग्वेंगाम्पका लागि अगाथे ओलिभरले बराबरी गोल गरेकी थिइन्। लेला पेनाउले इन्ज्युरी समयको छैटौं मिनेटमा गोल गर्दै ग्वेंगाम्पलाई जिताएकी थिइन् ।

पहिलो जितपछि ग्वेंगाम्प ३ अंकका साथ दसौं स्थानमा छ। स्ट्रासबर्ग २ अंकका साथ ११ औं स्थानमा छ। १२ टोलीको सहभागिता रहेको लिगमा पेरिस सेन्ट जर्मेन १५ अंकसहित शीर्ष स्थानमा छ। साम्बा साफ च्याम्पियनसिपका लागि आइतवार स्वदेश आइपुग्ने छिन्।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.