1 year ago
October 19, 2024
काठमाडौं (हाम्रो खेलकुद )- सावित्रा भण्डारी साम्बा सम्मिलित एन अभान्ट ग्वेंगाम्पले फ्रान्सेली लिगमा सिजनको पहिलो जित हासिल गरेको छ।
सिजनको आफ्नो पाँचौं खेलमा पहिलो जित हासिल गर्ने क्रममा शनिवार ग्वेंगाम्पले स्ट्रासबर्गलाई ३-२ ले हराएको छ।
साम्बाको गोलबाट ५८ औं मिनेटमा ग्वेंगाम्पलेले खेलमा अग्रता लिएको थियो। ६३ औं मिनेटमा लोरेना अजारोले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा पुर्याएकी थिइन् ।
६५ औं मिनेटमा चापेलीको गोलमा स्ट्रासबर्गले खेलमा अग्रता बनाएको थियो। त्यसको एक मिनेटपछि नै ग्वेंगाम्पका लागि अगाथे ओलिभरले बराबरी गोल गरेकी थिइन्। लेला पेनाउले इन्ज्युरी समयको छैटौं मिनेटमा गोल गर्दै ग्वेंगाम्पलाई जिताएकी थिइन् ।

पहिलो जितपछि ग्वेंगाम्प ३ अंकका साथ दसौं स्थानमा छ। स्ट्रासबर्ग २ अंकका साथ ११ औं स्थानमा छ। १२ टोलीको सहभागिता रहेको लिगमा पेरिस सेन्ट जर्मेन १५ अंकसहित शीर्ष स्थानमा छ। साम्बा साफ च्याम्पियनसिपका लागि आइतवार स्वदेश आइपुग्ने छिन्।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]