1 year ago
October 20, 2024
काठमाडौं ( हाम्रो खेलकुद)- काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिपको समूह एमा आज साविक विजेता बंगालादेश र पाकिस्तानबीच खेल हुँदैछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ५ः३० बजे सुरु हुनेछ। पहिलो खेल भारतसँग ५-२ ले गुमाएको पाकिस्तानको समूह चरणमा यो अन्तिम खेल हो ।
आजको खेलमा पनि पराजित भएको अवस्थामा पाकिस्तान प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्नेछ। त्यसैले पाकिस्तानले अन्तिम मौकालाई खेर जान नदिन हरसम्भव प्रयास गर्नेछ।
पाकिस्तानले आजको खेलमा जिते वा बराबरी गरेको अवस्थामा सेमिफाइनल समिकरणका लागि समूहको अन्तिम खेलको नतिजा पर्खनुपर्ने हुन्छ।
अर्कोतर्फ उपाधि रक्षाको लक्ष्यसहित नेपाल आएको बंगालादेश जितेका साथ यात्रको सुरु गर्ने प्रयासमा हुनेछ। बंगालादेशले आजको खेल जितेमा बंगलादेश र भारत एक खेल अघि नै सेमिफाइनलमा पुग्नेछन्।

बंगालादेश, पाँच पटक विजेता भारत र पाँच पटकको उपविजेता नेपाललाई यसपटक पनि दाबेदारका रुपमा हेरिएको छ। यद्यपी नेपालको सुरुवात भने सोचे जस्तो रहेन ।
समूह बीमा नेपाल र भुटानले गोलरहित बराबरी खेल्नुअघि सोही समूहमा श्रीलंकाले माल्दिभ्सलाई १-० ले हराएको थियो। राउन्ड रोबिन लिगपछि समूह शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्।

December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]