1 year ago
October 20, 2024
काठमाडौं (हाम्रो खेलकुद )- फुटबलर्स मिसन टुगेदरदको आयोजनामा जारी दोश्रो भेट्रान्स फुटबल प्रतियोगितामा आइतवार महावीर क्लब,फ्रिडम फाईटर र हाम्रो धरान भेट्रान विजयी भएका छन्।
थिमीस्थित मध्यपुर युथ एसोसियसनको खेल मैदानमा भएको खेलमा महावीरले विजय युथ क्लबलाई ४-० ले पराजित गरेको छ ।
महावीरका किशोर नेपाली, टिका वहादुर उप्रेती, विक्रम कार्की र भरत गुरुङले गोल गरेका थिए । महावीरका किशोर नेपाली प्लेयर अफ दि म्याच घोषित भए ।

दोश्रो खेलमा फ्रिडम फाईटरले बिआर ब्रदर्श लाई ७-१ गोलले पराजित गर्यो । फ्रिडमको विकर्ण श्रेष्ठ प्लेयर अफ दि म्याच घोषित भए ।
हाम्रो धरान भेट्रानले वीरगन्ज युथ एकेडेमीलाई १-० ले पराजित गर्यो । धरानको लागि दिल कुमार कार्कीले निर्णायक गोल गरे र उनै प्लेयर अफ दि म्याच चुनिए।

प्रतियोगितामा सोमवार चितवन एफसी र हिमालयन शेर्पा , वानेश्वर फ्रेण्डसिप र महावीर क्लब तथा तेश्रो खेल संयुक्त अनुभवी क्लब र फ्रिडम फाईटरबीच खेल हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]