1 year ago
October 21, 2024
काठमाडौं (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिपका सेमिफाइनल सम्भावना बढाउनका लागि नेपाली टोलीले माल्दिभ्सविरुद्ध हुने आजको खेल जित्नुपर्ने हुन्छ ।
भुटानसँगको पहिलो खेलमा गोलरहित बराबरीमा रोकिएका केहि दबाब र आलोचना खेपेको नेपाली टोली आज जितेर सेमिफाइनलको आधार तयार पार्नेमा जुट्नेछ । तुलानात्मक रुपमा माल्दिभ्स कमजोर टोली हो । माल्दिभ्स पहिलो खेलमा श्रीलंकासँग १–० ले पराजित भएको थियो ।
सावित्रा भण्डारी सम्बा फ्रान्सबाट आज बिहानमात्र स्वदेश आइपुगेकी छिन् । उनको आगमनबाट टोली उत्साहमा रहेको छ । उनी खेल्न तयारी भएको अवस्थामा खेलाउने टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बताएका छन् ।
साम्बा त्यस्तो खेलाडी हुन्, जो हरसम्भव टोलीबाट खेल्नका लागि उत्साहित र प्रतिबद्ध रहने गरेकी छिन् । त्यसैले उनले माल्दिभ्सविरुद्धको खेलमा सुरुवात गर्ने सम्भावना छ ।
नेपाल र माल्सिभ्सले साँझ ५ः३० बजे खेल्नुअघि अर्को खेलको नतिजा आइसक्ने छ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा अर्को खेल दिउँसो १ः३० बजे भुटान र श्रीलंकाबीच हुनेछ । समूह बीमा श्रीलंकाको ३, नेपाल र भुटानको समान १ तथा माल्दिभ्स अंक विहीन ।
भुटानसँगको खेलमा घाइते भएका हिराकुमारी भुजेल र दीपा शाहीले च्याम्पिनसिप गुमाएको प्रशिक्षक तामाङले बताएका छन् । यद्दपी अखिल नेपाल फुटबल संघले उनीको अवस्थाका बारेमा आधिकारिक जानकारी भने दिएको छैन ।
समूह एमा आइतबार बंगलादेश र पाकिस्तानले १–१ को बराबरी गरेपछि अन्तिम खेलबाट मात्र सेमिफाइनल पुग्ने टंगो लाग्नेछ । पहिलो खेलमा पाकिस्तानलाई ५–२ ले हराएको भारत सेमिफाइन पुगिसकेको छ । बुधबार भारत र बंगलादेशको खेलपछि समूहको विजेता उपविजेताको टुंगो लाग्नेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]