1 year ago
October 21, 2024
काठमाडौं (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिपका सेमिफाइनल सम्भावना बढाउनका लागि माल्दिभ्सविरुद्ध खेल्न लागेको नेपाली टोलीमा ५ परिवर्तन गरिएको छ।
कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बालाई आराम दिदैं पोस्ट सम्हाले जिम्मा अन्जना रानामगरलाई मौका दिइएको छ ।
टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सावित्रा भण्डारी साम्बालाई बेन्चमा राखेका छन्। रेनुका नगरकोटेले कप्तानीको जिम्मेवारी निर्वाह गर्नेछिन् ।
एन्जिलासहित चोटग्रस्त हिरा भुजेल, अमिषा कार्की, अमृता जैसी, पुजा राना आज पहिलो रोजाईमा छैनन्। अन्जनासहित रेखा पौडेल, विमला विक, विमला चौधरी र निशा थोकरले जारी साफमा पहिलो पटक सुरुवाती ११ मा मौका पाएका छन्।
भुटान विरुद्ध सुरुवात गरेका रेनुका सहित, सुरु लिम्बु, प्रिती राई, रश्मीकुमारी घिसिङ, गिता राना र सविता राना मगरले पहिलो रोजाईमा निरन्तरता पाएका छन्।
भुटानसँगको पहिलो खेलमा गोलरहित बराबरीमा रोकिएका केहि दबाब र आलोचना खेपेको नेपाली टोली आज जितेर सेमिफाइनलको आधार तयार पार्नेमा जुट्नेछ ।
तुलानात्मक रुपमा माल्दिभ्स कमजोर टोली मानिन्छ। माल्दिभ्स पहिलो खेलमा श्रीलंकासँग १–० ले पराजित भएको थियो ।
सावित्रा भण्डारी सम्बा फ्रान्सबाट आज बिहानमात्र स्वदेश आइपुगेकी थिइन् । उनको आगमनबाट टोली उत्साहमा रहेको छ । उनी खेल्न तयारी भएको अवस्थामा खेलाउने टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बताएका थिए ।
नेपाल र माल्सिभ्सले साँझ ५ः३० बजे खेल्नुअघि अर्को खेलको नतिजा आइसकेको छ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा भुटानले श्रीलंकालाई ४-१ ले हराएको छ । समूह बीमा भुटानको ४ अंक, श्रीलंकाको ३, नेपाल १ तथा माल्दिभ्स अंक विहीन छ ।
समूह एमा आइतबार बंगलादेश र पाकिस्तानले १–१ को बराबरी गरेपछि अन्तिम खेलबाट मात्र सेमिफाइनल पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ । पहिलो खेलमा पाकिस्तानलाई ५–२ ले हराएको भारत सेमिफाइनल पुगिसकेको छ । बुधबार भारत र बंगलादेशको खेलपछि समूहको विजेता उपविजेताको टुंगो लाग्नेछ ।

December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]