default_image

1 year ago

October 21, 2024

पहिलो हाफमै नेपालको ४ गोल!

2405 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले माल्दिभ्ससँग खेलिरहेको छ । पहिलो हाफमा नेपाल ४-० ले अघि छ ।

पहिलो हाफको खेल अवधिभर बल पोसेसन आफ्नो नियन्त्रणमा राखेको नेपालका लागि रेखा पौडेलले २ गोल गर्दा सविता राना मगर र प्रिती राईले १-१ गोल गरेका छन् । माल्दिभ्सले अहिलेसम्म नेपालको हाफमा आक्रमण बुन्न सकेको छैन ।

खेलको सातौं मिनेटमा नेपालले प्रितीको गोलमा अग्रता लियो । सविता राना मगरले दिएको छोटो कर्नरमा प्रितीले गरेको फितलो प्रहार माल्दिभ्सका २ डिफेन्डर र गोलरक्षकलाई छिचोल्दै निअर पोस्टबाट गोल भएको थियो ।

२४ औं मिनेटमा नेपालको गोलमा गोलरक्षक अमिनाथ लिजा बाधक बनिन् । रेखाको क्रसमा रश्मी कुमारी घिसिङले ६ यार्ड बक्स भित्रबाट गरेको शक्तिशाली हेडर अमिनाथले विफल परिन् ।

२९ औं मिनेटमा सविताले नेपालको अग्रता दोब्बर पारिन् । पेनाल्टी क्षेत्रबाहिर सरुको पासलाई नियन्त्रणमा लिँदै सविताले गरेको प्रहार गोलमा परिणत भएको थियो ।

३२ औं मिनेटमा रेखाले नेपाललाई ३-० ले अघि बढाइन् । रश्मीले दिएको पासलाई रेखाले गोललाइनको ठिक अघिबाट छातीले गोल गरिन् । लगत्तै रश्मीले पेनाल्टी क्षेत्र भित्रबाट गरेको लगातार दुई प्रहारले पोस्टको दिशा लिएन ।

३८ औं मिनेटमा विमला चौधरीले २५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार क्रसबारमा लागेर बाहिरियो । ४२ औं मिनेटमा रेखाले अर्को गोल थपिन् । सविताको पासमा रेखाले पहिलो टचमै गरेको प्रहार गोलरक्षक अमिनाथले बचाउन खोजेपनि उनको हातमा लाग्दै गोल भएको थियो ।

आज भएको पहिलो खेलमा भुटानले श्रीलंकालाई ४-१ ले हराएको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.