1 year ago
October 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डर सजनी थोकरले नेपाली राष्ट्रिय महिला फुटबल टोलीबाट डेब्यु गरेकी छिन् ।
साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको दोस्रो खेलमा माल्दिभ्सविरुद्ध सजनीले डेब्यु गरेकी हुन् । उनले खेलको ६६ औं मिनेटमा गीता रानाको स्थान लिएकी हुन् ।
सजनीले उमेर समूहमा नेपालको विभिन्न टोलीबाट खेलिसकेकी छिन् । सन् २०१५ मा एएफसी यू१४ प्रतियोगिता खेलेर उनको यात्रा सुरु भएको थियो । सजनीले चन्द्रपुर् नगरपालिकाबाट महिला लिग खेलेकी थिइन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 11, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]