3 weeks ago
October 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता बंगलादेश साफ महिला च्याम्पियनसिप २०२४ मा भारतलाई हराउँदै समूह ‘ए’ को शीर्षस्थानमा रहेर सेमिफाइनल प्रवेश गरेको छ ।
दशरथ रंगशालामा सम्पन्न समूह ए को खेलमा बंगलादेश भारतलाई ३-१ ले हराउँदै प्रतियोगिताको पहिलो जित दर्ता गर्न सफल रह्यो । यस जितसँगै बंगलादेश २ खेलमा ४ अंकका साथ समूह विजेता पनि बन्यो । भारत २ खेलमा ३ अंकका साथ उपविजेता बन्दा २ खेलमा १ अंक जोडेको पाकिस्तान भने समूह चरणबाट बाहिरिएको छ ।
खेलको सबै गोल पहिलो हाफमा सम्भव भएको थियो । साविक विजेताको जितमा तोहुरा खातुनले २ तथा अफिदा खान्दाकरले गोल गरे । पहिलो हाफको अन्त्यतिर बाला देवीले भारतका लागि गोल फर्काइन् ।
पहिलो हाफको सुरुवातमा भारतले खेलमा अवसर पाएपनि त्यसको सदुपयोग गर्न नसक्दा बंगलादेशले फाइदा उठायो । बंगलादेशले त्यसपछि दुवै गोल भारतीय गोलरक्षकको कमजोरीमा गर्यो । तोहुराले पहिलो हाफको अन्त्यतिर सुन्दर गोल गर्दै खेलमा ३-० ले अग्रता दिलाएपनि त्यसै गोलमा चलेको किकअफबाट भारतले गोल फर्कायो ।
बङ्गलादेशले १८औं मिनेटमा अग्रता बनायो । कप्तान सविना खातुनको कर्नरमा भारतीय गोलरक्षक पान्थोइ चानुको फितलो पन्च अफिदा खान्दाकर नजिकै ड्रप भयो । सो बललाई अफिदाले सुन्दर ढङ्गले गोलकिपरको माथिबाट गोल पोष्टको दिशा दिइन् ।
२७ औं मिनेटमा ऋतु पूर्णा चक्माले पेनाल्टी क्षेत्रको बायाँ तर्फबाट गरेको क्रस पोस्टमा लागेर फर्कंदा बंगलादेश अग्रता दोब्बर पार्नबाट चुक्यो ।
२९ औं मिनेटमा बंगलादेशले अग्रता दोब्बर पार्यो । बायाँ विंगबाट ऋतुको क्रसमा गोलरक्षक पान्थोइ चानुले बल रोक्न नसक्दा तोहुराले गोल गरिन् । फार पोस्टमा रन्जना चानुले मार्क गरेको भएपनि तोहुराले ६ यार्ड बक्स भित्रबाट गोलको दिशा दिएकी थिइन् ।
३५ औं मिनेटमा भारतले खेलमा फर्कन सुवर्ण अवसर खेर फाल्यो । बायाँ विंगबाट रन्जना चानुले दिएको लो क्रस पेनाल्टी क्षेत्रभित्र बाला देवीले पाएकी थिइन् । कुनै डिफेन्डर वरपर नरहेको अवस्थामा ६ यार्ड बक्स नजिकबाट उनले गरेको प्रहार गोलरक्षक रुपना चक्माले विफल पारिन् ।
३८ औं मिनेटमा भारतको पुनरागमनमा पोस्ट बाधक बन्यो । मनिषाले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको फ्रिकिकमा गोलरक्षक बिट भएपनि पोस्टमा लागेर फर्कियो ।
४३ औं मिनेटमा बंगलादेशले तोहुराको उत्कृष्ट गोलमा ३-० को अग्रता लियो । साम्सुनाहरले पेनाल्टी क्षेत्र नजिकबाट दिएको पासलाई तोहुराले हाफ भलीमा सट लिँदै सुन्दर गोल गरिन् ।
त्यसको एक मिनेट नबित्दै भारतले गोल फर्कायो । डालीमा छिब्बरले दायाँ विंगबाट दिएको क्रस रुपना चक्माको हातबाट फुस्किएपछि बाला देवीले बललाई भुइंमा खस्न नदिई पोस्टतर्फ पठाइन् ।
५६ औं मिनेटमा रिम्पा हाल्दरले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको प्रहार गोलरक्षक रुपना चक्माले आफ्नो बायाँतर्फ डाइभ दिँदै विफल पारिन् । ६३ औं मिनेटमा रुपनाले पुन: एकपटक भारतको उत्कृष्ट आक्रमणलाई विफल परिन् । रिम्पाको पासमा ज्योति चौहानको वन भर्सेस वनको स्थितिमा गरेको प्रहार उनले बचाइन् ।
७७ औं मिनेटमा रिम्पाकै क्रसमा ज्योतिले पेनाल्टी क्षेत्र भित्र पाएको अवसरलाई पोस्टको दिशा दिन सकिनन् । ८० औं मिनेटमा बंगलादेशकी सपना रानीले भारतीय हाफको मध्यबाट लिएको प्रहार गोलरक्षक चानुले मुस्किलले बाहिर पठाइन् । इन्ज्युरी समयको पहिलो मिनेटमा सौम्या गुगुलोथले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक रुपनाले दोस्रो प्रयासमा बचाउँदै जित पनि पक्का गरिन् ।
प्रतियोगिता अन्तर्गत विहीबार समूह बी को अन्तिम खेल हुनेछन् । पहिलो खेल दिउँसो १:३० बजे भुटान र माल्दिभ्सबीच हुनेछ । दोस्रो खेलमा साँझ ५:३० बजे नेपाल र श्रीलंका भिड्नेछन् ।
नेपाल र भुटानको २-२ खेलमा समान ४-४ अंक छ । गोलअन्तरमा नेपाल अघि छ । श्रीलंकाको २ खेलमा ३ अंक तथा माल्दिभ्स अंकविहिन छ । यस समूहको विजेताले सेमिफाइनलमा भारतको सामना गर्नेछ । दोस्रो हुने टोलीले बंगलादेशसँग खेल्नेछ ।
November 10, 2024
एजेन्सी – साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा भिनिसियस जुनियरको ह्याट्रिकसँगै सानदार जित हात पारेको छ । रियलले शनिवार ओसासुनामाथि ४-० को सहज जित हात पारेको हो । घरेलु मैदानमा रियलका लागि अर्को गोल जुड बेलिङ्गमले १ थपे। रियललाई खेलको ३४औं मिनेटमा जुनियरले सुरुवाती अग्रता दिलाए । खेलको ४२औं मिनेटमा बेलिङ्गमको गोलमा टोलीको अग्रता […]
November 10, 2024
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिइल) को शीर्ष स्थानमा रहेको लिभरपुलले जित हात पारेको छ । ११औं खेलमा नवौं जित निकाल्ने क्रममा शनिवार लिभरपुलले एस्टन भिल्लालाई २-० ले पराजित गरेको हो । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुललाई जित दिलाउन डर्विन नुनेज तथा मोहम्मद सलाहले गोल गरे । २०औं मिनेटमा नुनेजले सुरुवाती अग्रता दिएका थिए । […]
November 10, 2024
एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लगातार दोस्रो हार बेहोरेको छ । सिटी शनिवार ब्राइटनसँग २-१ ले पराजित भयो । घरेलु मैदानमा भएको खेलमा ब्राइटनको जितमा जोअआ पेड्रो र म्याट ओरलीले गोल गरे । सिटीको लागि भने एर्लिङ हालाण्डले गोल गरे । खेलमा सुरुवाती अग्रता भने सिटीले लिएको थियो । […]