default_image

1 year ago

October 24, 2024

श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता

9586 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई हराएको छ ।

दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि ६-० को जित निकाल्दै समूह विजेता बन्न सफल भयो । नेपालका लागि रेखा पौडेलले २ गोल गर्दा सावित्रा भण्डारी साम्बा, रश्मीकुमारी घिसिङ, सविता राना मगर र अमिषा कार्कीले १-१ गोल गरे ।

यस जितले नेपाल समूह विजेता पनि भएको छ । नेपाल र भुटानको समान ७-७ अंक भएपनि गोलअन्तरमा नेपालले १ गोलले अघि रहँदै समूह विजेता बनेको हो ।

अब सेमिफाइनल खेल आइतबार हुनेछ । पहिलो सेमिफाइनल दिउँसो १:३० बजे बंगलादेश र भुटानबीच हुनेछ । दोस्रो सेमिफाइनलमा साँझ ६:३० बजे नेपाल र भारत भिड्नेछन् ।

पहिलो हाफमै ४ गोल गरेको नेपालले दोस्रो हाफको सुरुवाती समयमा नै पाँचौ गोल गर्यो । त्यसपछि भने नेपालले अर्को गोल थप्न लगातार आक्रमण सिर्जना गरेपनि अग्रता बढाउन सकेन । इन्ज्युरी समयमा रश्मीकुमारी घिसिङले हेडरमार्फत गोल गर्दै नेपालको ६-० को जित पक्का गरिन् ।

खेलको आठौं मिनेटमा सविताको गोलमा नेपालले अग्रता लियो । साम्बाले दायाँ विंगबाट पेनाल्टी क्षेत्र भित्र बल लग्दै दिएको कटब्याकलाई सविताले गोलमा परिणत गरिन् ।

११ औं मिनेटमा साम्बाले उत्कृष्ट गोल गरिन् । विमला विकले दिएको पासमा पहिलो टच लिँदै डिफेन्डर बिट गरिन् र २५ यार्ड टाढाबाट सुन्दर गोल गरिन् ।

१३ औं मिनेटमा नेपालका लागि रेखाले गोल गरिन् । अमिषा कार्कीको क्रसमा रेखाले ६ यार्ड बक्स नजिकबाट पहिलो टचमै फिनिस गर्दै नेपाललाई ३-० ले अघि बढाइन् ।

३७ औं मिनेटमा नेपालले ४-० को अग्रता लियो । साम्बाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई रेखाले ६ यार्ड बक्स नजिकबाट हल्का छुँदै गोलको दिशा दिइन् ।

दोस्रो हाफको सुरुवाती मिनेटमै नेपालले पाँचौ गोल थप्यो । सरुले दिएको छोटो कर्नरमा सविताले निकालेको क्रसलाई अमिषाले ६ यार्ड बक्स अगाडीबाट सहजै गोल गरिन् ।

६२ औं मिनेटमा नेपालको छैटौं गोलससामु डिफेन्डर कोस्पला परेरा बाधक बनिन् । रेखाले ६ यार्ड बक्स नजिकबाट दिएको पासमा साम्बाको पहिलो टचको प्रहार गोललाइनबाट उनले क्लियर गरिन् ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा रश्मीले गोल गर्दै नेपालको समूह विजेता पक्का गरिन् । अनिता बस्नेतको कर्नरमा रश्मीले हेडरमार्फत गोल गरेकी थिइन् ।

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

December 11, 2025

म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]

Success

Thank you for your time.