1 year ago
October 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली युवा फुटबल टोली एएफसी यु १७ एसिया कप छनोटको आफ्नो दोस्रो खेलमा पनि हार बेहोरेको छ।
कतारको दोहामा शुक्रवार भएको खेलमा नेपाललाई आयोजक कतारसँग ५-० ले पराजित भएको छ । यसअघि बुधवार नेपालले जापानसँगको खेल ९-२ ले गुमाएको थियो।
कतारका कप्तान जायद फैसलले नेपालविरुद्ध ह्याट्रिक गरेका थिए। २१ औं मिनेटमा याजन मोहमेदको गोलबाट कतारले अग्रता लिएको थियो। लगातार दोस्रो खेलमा गोल गर्ने क्रममा फैसलले ४५ औं मिनेटमा गोल गरेका थिए। उनले ५६ औं र ८२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए।
टोलीका लागि अर्को गोल ओमार मार्कजुकीले गोल गरेका थिए। समूह एफको अर्को खेलमा जापानले मंगोलियालाई ७-० ले पराजित गर्यो। जापान र कतारको समान ६ अंक भएको छ। अंकविहिन नेपाल र मंगोलियाले सोमवार एकअर्काको सामना गर्नेछन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]