default_image

9 years ago

February 13, 2017

युवा स्ट्राइकर अन्जन बार्सिलोनामा सम्मानित

154 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका युवा स्ट्राइकर अन्जन विष्ट स्पेनको बार्सिलोनामा सम्मानित भएका छन् । स्पेनको मार्बेला युनाइटेड एफसीमा प्रशिक्षण लिइरहेका उनलाई नेपाली समुदायको जनप्रगतिशिल मञ्च, स्पेनले आइतबार सम्मान गरेको हो । फुटबलमार्फत देशलाई अन्र्राष्ट्रिय क्षेत्रमा चिनाउन योगदान गरेको भन्दै अन्जनलाई मञ्चले सम्मान गरेको थियो ।

anjan3

‘ विश्वको जुन सुकै ठाँउमा पुग्दा पनि नेपालीबाट माया र सम्मान पाउँछौं’, अन्जनले हाम्रो खेलकुदसँग भने, ‘यस्तो आत्मियता पाउँदा खुसी लाग्छ र अझै देशका लागि राम्रो गर्दै जानुपर्छ भन्ने हौसला मिल्छ ।’ झन्डै १ घन्टा २० मिनेटको हवाई यात्रा गर्दै उनी बार्सिलोना सम्मान ग्रहण गर्न गएको अन्जनले जानकारी दिए । प्रशिक्षण र मिले सम्म ट्रायल दिनका लागि स्पेन पुगेका अन्जनले माघको पहिलो साताबाट अभ्यास थालेका थिए । उनी तीन महिनाका लागि त्यहाँ पुगेका हुन् । ‘प्रशिक्षण राम्रो भइरहेको छ’ उनले भने, ‘कहिले सम्म अभ्यास वा ट्रायल केही भनिएको छैन । म नियमित प्रशिक्षण गरिरहेको छु । ’

anjan1

पुस १५ गते सातौं राष्ट्रिय खेलकुदको फुटबलमा एपिएफलाई स्वर्ण पदक दिलाउन महत्वपूर्ण भूमिका खेलेपछि उनी स्पेन लागेका थिए । स्पेन जानुअघि उनलाई एपिएफले उनीसहित ६ खेलाडीलाई मस्ट भ्यालुएवल प्लेयरबाट सम्मानित गरेको थियो । ६ मध्ये अन्जनका दाई एपिएफकै स्ट्राइकर रञ्जन पनि थिए । सातौं राष्ट्रिय खेलकुद फुटबलको फाइनलमा अन्जनकै २ गोलमा आर्मीलाई २–० ले हराउँदै एपिएफ च्याम्पियन बनेको थियो । स्पेनको मार्बेला त्यहि क्लब हो जसमा अन्जन र राष्ट्रिय टोलीका रक्षक अनन्त तामाङले गत बर्ष केही साता अभ्यास गर्नुका साथै केही मैत्रीपूर्ण खेल खेलेका थिए ।anjan2

मार्बेला युनाइटेड युएस सकर एकेडेमीको शाखाको रुपमा स्पेनको मालागामा स्थापित क्लब हो । सुरुमा युएस सकरकै नाममा स्थापना गरिए पनि २०१४ मा मार्बेला युनाइटेड एफसी नाम राखिएको क्लबको बेभसाइटमा उल्लेख छ । नेपालले पछिल्लो डेढ बर्षमा साफ यू १९, बंगबन्धु गोल्डकप, १२ औं दक्षिण एसियाली खेलकुदमा यू २३ मा स्वर्ण र कात्तिक अन्तिममा एएफसी सोलिडारिटी कपगरि फुटबलमा चारवटा उपाधि जितेको थियो । ती सबै टोलीमा अन्जन थिए । सोलिडारिटी कप च्याम्पियन नेपाली टोलीलाई सरकारले सोमबार काठमाडौंमा जनही ३ लाख रुपैयाँबाट सम्मानित गर्दैछ ।

anjan4

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.