1 year ago
October 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलको टिकट विक्री अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफै विक्री गर्ने भएको छ।
नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा बुधवार साँझ ६:३० बजे फाइनल सुरु हुनेछ। एन्फाले मंगलवार पत्रकार सम्मेलनमार्फत २ ठाँउमा बुधवार बिहान ८:०० बजे टिकट विक्री गरिने जानकारी गराएको थियो।
जावलाखेल खेल मैदान र भद्रकालीको स्थिति आर्मी हेडक्वाटरको गेट बाहिर विक्री गरिने एन्फा उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक दीपक खतिवडाले जानकारी दिए ।
एन्फाले साधारणतर्फ ११ हजार र भिआइपी १ हजार मात्र टिकट विक्री गरिने बताइएको छ। साधारणतर्फ ५ सय र भिआइपी १ हजार रुपैयाँ टिकट दर तोकिएको छ। दशरथ रंगशालामा १५ हजार ४ सय दर्शक क्षमता रहेको एन्फाका प्रतियोगिता संयोजक सन्जिव मिश्रले जानकारी दिएका छन्।
एन्फाले माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्स प्रालि सँगको सम्झौता रद्द भएको जानकारी दिदैं उपाध्यक्ष खतिवडाले ३० लाख रुपैयाँ प्राप्त गरेको र ५० लाख रुपैयाँ प्राप्त गर्न बाँकी रहेको बताए ।
एन्फाले ८० लाख रुपैयाँमा माउण्ट एभरेष्टसँग सम्झौता गरेको थियो।माउण्ट एभरेष्टले खल्तीबाट भौतिक रुपमा टिकट विक्री गर्दै आएको थियो।
खल्तीबाट फाइनलका लागि विक्री भएको टिकट साधारणतर्फ ४ हजार १ सय तथा भिआइपीतर्फ १ हजार रद्द गरिएको एन्फाले जनाएको छ। सुरक्षालाई ध्यानमा राख्दै एन्फाले केहि बस्तु दशरथ रंगशाला भित्र लान निषेध गरेको छ।
साफ च्याम्पियनसिप फाइनलमा दशरथ रंगशाला प्रवेश प्रतिबन्धित सामग्रीहरू
१. हातहतियार – बन्दुक, छुरा, र अन्य कुनै पनि प्रकारका धारिला, हातहतियार।
२. धुम्रपान र आगो बाल्ने सामग्री – चुरोट, लाइटर, सलाइ आदि।
३.मादक पदार्थ – मदिरा र अन्य नशालु पदार्थहरू।
४. झोला र ठूला ब्यागहरू – साना ब्यागहरू जाँचपछि मात्र अनुमति दिइनेछ, तर ठूला ब्यागहरू निषेध गरिएका छन्।
५. हेल्मेट र सुरक्षात्मक उपकरणहरू – हेल्मेट र यस्तै सुरक्षा सामग्रीहरू।
६. प्रचार सामग्री – अनुमति बिना ब्यानर, झण्डा, पोस्टर आदिमा निषेध।
७. प्रक्षेपण गर्न मिल्ने वस्तुहरू – पानीको बोतल, क्यान, पत्थर, र अन्य फ्याँक्न मिल्ने , धातुका मुद्रा क्याइन , सामग्रीहरू।
८. लेजर लाइट – खेलाडी तथा रेफ्रीलाई लक्षित गर्ने लेजर लाइट।
९. ड्रग्स र अन्य अवैध पदार्थ – कुनै पनि प्रकारका लागू औषधहरू।
१०. छाता ,लिबिस्टिक ,नेल कटर, कैँची, काइयो ,
एन्फाले सुरुवातमा ३ स्थानबाट विक्री गर्ने भनेपनि पछि एन्फा कम्प्लेक्स सूचीबाट हटाएको थियो । – सम्पादक
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]