default_image

1 year ago

October 30, 2024

साफ च्याम्पियनसिप फाइनल – बंगालादेशको सामना गर्दै नेपाल

2172 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला फुटबल टोली दक्षिण एसियाको बलियो टोली मध्येको एक हो। तर अहिलेसम्म नेपालले साफ च्याम्पियनसिप वा दक्षिण एसियाली खेलकुद (साग) को उपाधि जित्न सकेको छैन। त्यसअर्थ नेपाली टोली यसअघि फाइनल अनलक्की नै रहँदै आयो ।

साफ च्याम्पियनसिप , साग र अन्य गरि ११ पटक फाइनल खेल्दा पनि च्याम्पियन बन्न सकेको छैन।
दशरथ रंगशालामा जारी साफ च्याम्पियनसिपमा यो पटक पनि नेपाल फाइनल खेल्दैछ।

साँझ ६:३० बजे सुरु हुने उपाधिको भिडन्तमा नेपालले बंगलादेशको सामना गर्दैछ। यि दुई टोली बीच लगातार दोस्रो पटक फाइनल हुँदैछ त्यो पनि दशरथ रंगशालामा नै । नेपाल छैटौं पटक र बंगालादेश तेस्रो साफ च्याम्पियनसिपको फाइनल खेल्ने तयारीमा छन् ।

यो पटक पनि बंगलादेश उच्च लयमा छ। प्राविधिक रूपमा बंगलादेश अरु टोलीको तुलनामा अब्बल देखिएको छ। त्यसैले बंगलादेशलाई हराउने चुनौतीसँगै मौका पनि नेपाललाई छ। बंगलादेशलाई हराउँदै पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्न नेपाल तयार रहेको टोलीको भनाई छ।

उच्च लयमा रहेको बंलादेश विरूद्ध टिम एकजुट भएर मैदानमा उत्रने प्रशिक्षक राजेन्द्र तामाङले बताएका छन्। नेपालको सबैभन्दा ठूलो अस्त्रको रूपमा स्ट्राइकर साबित्रा भण्डारी साम्बा रहेकी छिन् । प्रशिक्षक तामाङले दक्षिण एसियाकै स्टार आफ्नो टोलीमा हुनु बलियो पक्ष रहेको बताए।

अर्को महत्पूर्ण स्ट्राइकर रेखा पौडेल रातो कार्ड खाएको कारण उनले फाइनल गुमाउने छिन्। उनको ठाउँमा सरू लिम्बुले लिने संभावना छ। सरू भारत विरूद्धको खेलमा बेन्चमा थिइन्। खेलाडीहरूमा इन्जुरी समस्या नरेहको र टोली फाइनलको लागि तयार रहेको प्रशिक्षक तामाङले बताए ।

साफ च्याम्पियनसिपमा नेपाल र बंगलादेश यसअघि ४ पटक भिडेका छन। नेपालले दुई पटक सेमिफाइनल र एक‌पटक समूह चरणमा बंगालादेशलाई हराएको थियो। पछिल्लो संस्करण फाइनलमा बंगालादेशले कथा बदल्न सफल भयो ।

नेपाल ३-१ ले हराउँदै पहिलो पटक साफ च्याम्पियनसिप जितेको थियो। यो पटक पनि सबै पक्षमा बंगलादेश बलियो छ। समूह चरणमा साफ च्याम्पियनसिप को सबै भन्दा सफल टोली भारतलाई ३-१ ले हराएको थियो। फाइनल अगाडि प्रशिक्षक पिटर बटलरले फाइनलमा जुन टोलीले माहोललाई थेग्न सक्छ त्यही टोलीले उपाधि जित्ने बताए।

नेपाललाई घरेलु दर्शकको साथ रहनेछ। यसलाई पनि टोली मजबुत पक्षको रूपमा लिएको छ। बंगलादेशले इङ्लिस स्टाइलको फुटबल खेलेपनि नेपाली शैलीको फुटबल खेलेर उपाधि जित्ने योजना टोलीको रहेको कप्तान एन्जिला तुम्बापो सुब्बाले बताइन्।

इतिहास रच्न र उपाधि जित्ने अन्तिम लडाई आज नेपालले लड्नेछ। खचाखच भरिएको दर्शक र काँचको पर्दाबाट सपोर्ट गर्ने दर्शकको कुनै हिसाब किताब नै नहोला। सबैले उपाधिको अपेक्षा गरेका छन्। जुन चुनौतीपूर्ण छ असंभव भने छैन।

एन्फाले महिला फुटबललाई प्राथमिकतामा नराखेपनि नतिजा दिइरहेको छ। यो पटक उपाधि जितेर हकले महिला फुटबललाई हेर्ने नजर र राखिने प्राथमिकतालाई समेत बदल्ने अवसर नेपाली टोलीसँग रहेको छ।

अघिल्लो संस्करणमा जस्तै यसपटक पनि दुई सेमिफाइनल बिल्कुल फरक थिए। बंगालादेशले भुटानमाथि ७-१ को सहज जित निकाल्दा नेपालले भारतलाई हराउन निकै संघर्ष गर्नुपरेको थियो।

तनावपूर्ण खेल स्थगित हुने अवस्था बनेको थियो। रेफ्रीको निर्णयमा असन्तुष्ट राख्दै नेपाल नखेल्ने मनस्थितिमा पुगेको थियो। पछि खेल्न राजी भएको नेपाली टोलीले १-० पछि रहेको अवस्थामा सम्बाको गोलबाट खेलमा फर्केको थियो।

निर्धारित समय बराबर भएपछि टाइब्रेकरमा ४-२ को जित निकाल्दै नेपाल उपाधि नजिक पुगेको थियो। नेपाली टोली आज अर्को परीक्षाबाट गुज्रनुपर्ने छ ।

कप्तान एन्जिलाको भनाई सापट लिने हो भने यो पटक पनि नेपाल च्याम्पियन हुन सकेन भने अर्को ५/१० वर्ष च्याम्पियन बन्न सक्दैन । नेपाली टोलीलाई यसै पटक च्याम्पियन बन्ने सफलता मिलोस् । शुभकामना।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.