default_image

10 years ago

September 28, 2015

एन्फाले पदाधिकारी र सदस्यलाई बर्खास्त गर्यो

145 views

0 Bookmark

काठमाडौं, असोज ११
अखिल नेपाल फटबल संघ (एन्फा) ले निर्वाचित तीन उपाध्यक्ष कर्माछिरिड शेर्पा, विजयनारायण मानन्धर र किशोर राई तथा सदस्य पंकज नेम्बाडलाई अर्को साधारण सभा सम्मका लागि बर्खास्त गरेको छ ।
एन्फाको संस्थापनसँग असहमत राख्दै आएका तीन उपाध्यक्ष र सदस्यलाई लगातार तीन बैठक उपस्थित नभएको र स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै बर्खास्त गरेको छ । एन्फा कार्यसमितिको सोमबार बसेको बैठकले बर्खास्तको निर्णय गरेको हो ।

फाइल तस्विर-राखेप सदस्य सचिव केशबकुमार विष्टलाई स्वागत गर्दै एन्फाबाट सोमबार बर्खास्तमा परेका तीन उपाध्यक्ष कर्मा छिरिड शेर्पा, किशोर राई र विजयनारायण मानन्धरसहित अन्य ।

फाइल तस्विर-राखेप सदस्य सचिव केशबकुमार विष्टलाई स्वागत गर्दै एन्फाबाट सोमबार बर्खास्तमा परेका तीन उपाध्यक्ष कर्मा छिरिड शेर्पा, किशोर राई र विजयनारायण मानन्धरसहित अन्य ।

बैठकका एजेन्डा पहिले पाउने पर्ने मागबाट सुरु भएको एन्फाको विवाद अहिलेका लागि बर्खास्तसम्म आइपुगेको छ । एन्फासँग असहमत राख्दै आएको पक्षले एन्फा र अध्यक्ष गणेश थापाविरुद्ध सार्वजनिक लेखा समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति सुद्दिकरणमा समेत उजुरी दर्ता गराएको थियो । लेखा समितिले एन्फमा ५८ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको ठहर गर्दै थप अनुसन्धानको जिम्मा अख्तियारलाई लगाएको थियो। अख्तियारले प्रमाण नपुगेको भन्दै गत बर्ष नै एन्फाविरुद्धको उजुरी तामेलीमा राखेको थियो । शर्पा, मानन्धर र नेम्बाडले पाटन पुनरावेदन अदालतमा उजुरी दिएपछि अदालतको आदेश अनुसार भदौ १६ गतेका लागि तय एन्फा साधारण सभा स्थगित भएको थियो । त्यसलगत्तै बसेको एन्फा बैठकले निर्वाचित पदाधिकधारी र सदस्यलाई कारवाही गरेको हो । एन्फाको पछिल्लो निर्वाचन २०७० कात्तिकमा भएको थियो । जसमा अध्यक्ष थापासहित १७ कार्यसमिति निर्विरोध निर्वाचित भएको थियो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.