1 year ago
October 31, 2024
एजेन्सी – टोटनहम र म्यानचेस्टर युनाइटेड काराबाओ कपको क्वाटरफाइनलमा पुगेका छन्।
टोटेनहमसँग पराजित हुँदै म्यानचेस्टर सिटी काराबाओ कपको अन्तिम १६ बाटै बाहिरिएको छ । टोटनहम बुधवार सिटीलाई २-१ ले हराएको हो।
खेलको पाचौं मिनेटमा टिमो वर्नरले गोल गर्दै टोटनहमलाई घरेलु मैदानमा अग्रता दिलाए । डेजान कुलुसेभस्कीको पासमा वर्नरले गोल गरेका हुन्।
पापे माटर सरले २५औं मिनेटमा गोल गर्दै टोटनहमको अग्रता दोब्बर पारे । उनको गोलमा पनि कुलुसेभस्कीकै पास रह्यो ।
पहिलो हाफको इन्ज्युरी म्याथियस नुनेसले गोल गर्दै सिटीलाई खेलमा फर्काउने प्रयास गरे । तर त्यसपछि सिटीले गोल गर्न सकेन र सिजनको पहि हार बेहोर्यो ।

अर्को खेलमा युनाइटेडले लेस्टर सिटीलाई ५-२ ले हरायो । युनाइटेडलाई जित दिलाउन कासिमेरो र ब्रुनो फर्नान्डिसले समान २ गोल र गार्नाचोले १ गोल गरे।
युनाइटेडले प्रशिक्षक एरिक टेन हागलाई बर्खास्त गरेपछिको पहिलो खेलमै सानदार जित निकालेको छ।
युनाइटेड र टोटनहमबीच क्वाटरफाइनल हुनेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]