default_image

1 year ago

November 5, 2024

नेयमार फेरि घाइते

3416 views

0 Bookmark

एजेन्सी – करिब एक वर्षपछि मैदान फर्किएका ब्राजिली फरवार्ड नेयमारलाई पुनः चोट लागेको छ ।

एएफसी च्याम्पियन्स लिग एलिटमा साउदी क्लब अल हिलालले इरानको एस्टेगलाललाई ३–० ले पराजित गरेको खेलमा नेयमारलाई चोट लागेको हो।

नेयमार दुई साता अघि मात्रै चोटमुक्त हुँदै मैदानमा फर्किएका थिए थए । तर, दुई खेलपछि नै नेयमार फेरि घाइते भएका हुन् । एस्टेगलालविरुद्ध ५८औं मिनेटमा अब्दुल्लाह अल हम्दानको स्थानमा मैदानमा छिरेका ३२ वर्षीय नेयमारले निर्धारित समयको खेल सकिन तीन मिनेट बाँकी रहँदा असहज महसुस गरेका थिए ।

पेनाल्टी क्षेत्रमा बल अगाडि बढाइरहँदा असहज महसुस गरेका उनलाई ८७औं मिनेटमा मोहम्मेद हमाद अल क्वातानीले प्रतिस्थापन गरेका थिए ।

उनको चोट के कस्तो हो क्लबले कुनै जानकारी गराएको छैन । साउदी प्रो–लिगमा दर्ता नभएका कारण नेयमारलाई अर्काे खेलअघि निको हुने पर्याप्त समय छ । एएफसी प्रतियोगिताको अर्को खेल नोभेम्बर २५ मा हुनेछ ।

नेयमारलाई चोट लागेको खेलमा सर्बियाली फरवार्ड अलेक्जेन्डर मित्रोभिचले ह्याट्रिक पूरा गरेपछि ४ पटकको एसियन च्याम्पियन हिलालले समूह चरणमा सबै ३ खेलमा जित निकालेको छ । हिलाल १२ टोलीको समूहको शीर्ष स्थानमा छ । शीर्ष ८ टोली अन्तिम १६ मा प्रवेश गर्नेछन् ।

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

December 11, 2025

म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]

Success

Thank you for your time.