1 year ago
November 6, 2024
एजेन्सी – नर्वेली फरवार्ड एर्लिङ हालाण्ड चल्न नसक्दा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको जारी सिजनमा पहिलो हार बेहोरेको छ ।
पोर्चुगिज क्लब स्पोर्टिङ सिपीसँग सिटी मंगलवार ४-१ ले पराजित भएको हो । घरेलु मैदानमा सिपीलाई जित दिलाउन भिक्टर ग्योकेरेसले ह्याट्रिक र अर्को गोल अराजोले गरे । सिटीका लागि फिल फोडेनले गोल गरे ।
चौथो मिनेटमा फोडेनको गोलबाट सिटीले अग्रता लियो । ३८औं मिनेटमा सिपीका ग्योकेरेसले गोल गर्दै खेल बराबरीमा ल्याए । ४६औं मिनेटमा अराजोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।
४९औं र ८१औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ग्योकेरेसले आफ्नाे ह्याट्रिक पूरा गरे । सिटी लगातार तेस्रो खेलमा पराजित भएको हो । सिटी कारबाओ कपमा टोटेनहम र गत साता प्रिमियर लिगमा बोर्नमाउथसँग हारेको थियो।
४ खेलबाट १० अंक पुर्याएको सिपी दोस्रो स्थानमा उक्लिएको छ । सिटी समान खेलमा ७ अंकसहित छैटौं स्थानमा छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]