1 year ago
November 7, 2024
एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिगमा फराकिलो जितमा हात पारेको छ ।
बिहीवार बिहान भएको खेलमा बार्सिलोनाले सर्बियन क्लब क्रिभेना ज्भेज्दालाई ५-२ गोल अन्तरले पराजित गर्यो ।
क्रिभेनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले २ तथा राफिन्हा, इनिगो मार्टिनेज र फर्मिन लोपेजले समान १ गोल थपे । घरेलु टोली ज्भेज्दाका सिलस र मिल्सनले गोल फर्काए ।
खेलको १३औं मिनेटमा मार्टिनेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । २७औं मिनेटमा सिलसले गोल गर्दै ज्भेज्दालाई बराबरीमा ल्याए ।
लेवान्डोवस्कीले ४३ र ५३औं मिनेटमा लगातार दुई गोल गर्दा बार्सिलोना ३-१ ले अगाडि बढ्यो । खेलको ५५औं मिनेटमा राफिन्हाले टोलीका लागि चौथो गोल गरे ।
लोपेजले ७६औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ५-१ को स्थितीमा पुर्याए । खेलको ८४औं मिनेटमा मिल्सनले ज्भेन्दाका लागि दोस्रो गोल गरे ।
जितसँगै ४ खेलबाट ९ अंकका साथ बार्सिलोना छैठौं स्थानमा छ । समान खेलमा ज्भेज्दा विना अंक ३५औं स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]