default_image

1 year ago

November 7, 2024

आर्सनल र पिएसजीको हार

846 views

0 Bookmark

एजेन्सी – च्याम्यिनस लिगमा इंग्लिस क्लब आर्सनल र फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पिएसजी ) पराजित भएका छन् ।

आर्सनल बुधवार इटालियन क्लब इन्टर मिलानसँग खेल १-० ले गुमाएको हो । योसँगै जारी सिजनको च्याम्पियन्स लिगमा आर्सनलको अपराजित यात्रा टुंगिएको छ ।

सान सिरोमा पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा हाकान काल्हानोग्लुको पेनाल्टी गोलमा इन्टरले जित निकालेको हो।

एट्लेटिको मड्रिडले पिएसजीलाई उत्कृष्ट पुनरागमनका साथ २-१ ले पराजित गर्यो। एन्जल कोरेयाले इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गरेपछि एट्लेटिको विजयी भयो।

१४ औं मिनेटमा वारेन इम्रीको गोलबाट खेलमा अग्रता भने पिएसजीले लियो। तर त्यसको ४ मिनेटपछि नै नाहुल मोलिनाले एट्लेटिकोका लागि बराबरी गोल फर्काए।

इन्टर ४ खेलमा १० अंकसहित च्याम्पियन्स लिग अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ । समान खेलमा ७ अंकसहित आर्सनल १२ औं स्थानमा छ । ६ अंक जोडेको एट्लेटिको २३औं र पिएसजी ४ अंकसहित २५ औं स्थानमा छ।

अन्य खेलमा बार्सिलोना, बायर्न म्युनिख, एस्टन भिल्ला, साख्तर डोनेस्क, एट्लेटिको मड्रिड,एट्लान्टा, आरबी साल्सबर्ग, ब्रेस्ट विजयी भएका छन्।

बार्सिलोनाले क्रेभेनालाई ५-२ ले, बार्यनले बेन्फिका १-० र क्लब ब्रुगले एस्टन भिल्लालाई समान १-० ले पराजित गर्यो ।

साख्तर डोनेस्कले योङ बोइजलाई ३-१, एट्लान्टाले भिएफबी स्टुटगार्डलाई २-० ,आरबीले फेयर्नोडलाई ३-१ ले, ब्रेस्टले स्पार्टा प्राहालाई २-१ ले हरायो।

लिभरपुल १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.