1 year ago
November 8, 2024
एजेन्सी – फ्रान्सका स्टार स्ट्राईकर केलियन एमबाप्पे फेरि फ्रान्सको टोलीबाट बाहिरिएका छन् ।
बिहीबार प्रशिक्षक डिडिएर डेसच्याम्प्सले नेसन्स लिगमा इजरायल र इटालीविरुद्धको खेलका लागि खेलाडीको सूची सार्वजनिक गरेका थिए । तर, उक्त सुचीमा एमबाप्पे भने अटाएका छैनन् । यसअघि पनि एमबाप्पे चोटका कारण टोलीबाट बाहिर रहेका थिए ।
यस पटक भने एमबाप्पे घाइते नभएको उनी व्यक्तिगत कारण टिममा सहभागी हुन नचाहेको प्रशिक्षक डेसच्याम्प्सले बताए ।
यसै समरमा फ्रासेली क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)बाट स्पेनिस क्लब रियल मड्रिड प्रवेश गरेका एमबाप्पेको प्रदर्शन खास देखिएको छैन ।
फ्रान्सले नोभेम्बर १४ मा इजरायलसँग घरेलु मैदानमा खेल्नेछ । त्यसको तीन दिनपछि इटाली जानेछ । चार खेलपछि इटाली १० अंकका साथ समूह तालिकाको शीर्ष स्थानमा छ । फ्रान्स एक अंक कम सहित दोस्रो स्थानमा छ । बेल्जियम ४ अंकका साथ तेस्रो स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]